एमाले विभाजनले नुवाकोटमा पराकम्प, खतिवडा कता ?

विदुर खबर २०७८ भदौ १२ गते १२:३३

नुवाकोट । नेकपा एमाले वैधानिक रुपमै विभाजन भएको छ । एमाले विभाजनको असर नुवाकोटमा पनि परेको छ ।

Advertisement

पार्टी विभाजनपछि नुवाकोटमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र केपी ओली नेतृत्वको एमाले दुई पार्टी बनेका छन् ।

विगतमा नुवाकोटमा माधव नेपाल समुहका सांसद नारायण प्रसाद खतिवडा समाजवादीमा नगएपछि उनी कुन दलमा जान्छन भन्ने कौतुहलता हुन थालेको छ । तत्कालिन एमालेका नेता नेपाल समुहको जिल्ला अध्यक्ष समेत रहेको खतिवडा नेपाल समुहमा खुलेर नलागेपछि उनी एमालेमै रहने हो कि भन्ने कौतुहलता समेत लाग्न थालेको छ ।

Advertisement

प्रदेशसभामा ओली समुहको एकर्लाटी

दुई निर्वाचन क्षेत्र र ४ प्रदेशसभा रहेको जिल्लामा एमालेले २ प्रदेशसभाको सिटमा जित हासिल गरेको थियो । जसमा एमालेका अध्यक्ष बद्री मैनाली र बाग्मति प्रदेशका मन्त्रि समेत रहेका केशव पाण्डे दुबै एमालेमा विगत देखिनै ओलि समुहमा आवद्ध थिए ।

Advertisement

सांसद नारायणप्रसाद खतिवडा एमालेमै रहने संकेत

नेकपा एमाले नुवाकोटका पुर्व अध्यक्ष नारायणप्रसाद खतिवडाले एमालेमै बस्ने संकेत दिएका छन् ।

तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल निकट मानिएका खतिवडाले नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेसँगै उनी एमालेमै बस्ने संकेत दिएका हुन् ।

उनी तत्काल कुनैपनि राजनितिक दलमा नखुल्नुलाई अर्थपुर्ण रुपमा हेरिएको राजनितिक वृतमा चर्चा हुन थालेको छ ।

उनी कुन दलमा जान्छन भन्ने विषयमा सामाजिक संजाल समेत गर्माएको छ ।

प्रतिक्रिया