सरकारलाई चाँडो पूर्णता दिनेबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल
नुवाकोट । साझेदार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा सरकारलाई चाँडो पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ । प्रचण्डको सचिवालयले देउवा र प्रचण्डबीचको भेटमा सरकारलाई चाँडै पूर्णता दिने विषयमा छलफल भएको जानकारी दिएको छ ।
सत्ता गठबन्धनमा सहभागी मध्येको एक तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले नयाँ दल दर्ता गरेपछि नेताहरु सरकारलाई पूर्णता दिन सक्रिय बनेका छन् ।
गठबन्धनबाट देउवा प्रधानमन्त्री बनेको करिब डेढ महिना पुग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट प्रधानमन्त्रीसहित चार जना तथा माओवादी केन्द्रबाट दुई जना मन्त्री बनेका छन् ।
दाहालले यसअघि नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता भएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














कांग्रेसका नेता पाण्डेद्वारा सक्रिय राजनीतिबाट विश्रामको घोषणा
वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक





प्रतिक्रिया