तिरतिरे भिरमा आएको पहिरोले जोखम बढ्दै

भैसै÷पासाङल्हामु राजमार्गको त्रिशूली– वेत्रावतीखण्डको विदुर नगरपालिका वडा नं १० तिरतिर भिरमा आएको पहिरोले जोखिम बढाएको छ ।
लगातारको वर्षाको कारण सडक स्तरउन्नतीका लागी कटान गरिएको ठाउँमा माथीबाट लगातार पहिरो आउँदा पैदत्रयात्रुहरु मर्कामा परेका छन । सडकमा आएको पहिरो पन्छाउने काम गरिएपनि दिर्घकालीन समाधान नखोजिए यसले विनास ल्याउने निश्चित भएको स्थानियबासीहरु बताउँछन ।

लगाताकारको वर्षाले गर्ला अहिले सडक एकतर्फी रुपमा मात्र संचालन भएको छ । सामान्य पानी पर्दा समेत पहिरो आउने र राजमार्ग अबरुद्ध हुने गरेको विदुर नगरपालिका वडा न १० का वडाध्यक्ष गणेश नेपालले बताउनुभयो । गल्छि त्रिशुली आयोजना अन्तर्गत स्तरउन्नतीको क्रममा कटान भएको भिरमा सामान्य बर्षतमा पनी पहिरो जाने गरेको छ । एक साता अगाडी यसै स्थानमा गष्एको पहिरोका कारण ५ दिन सम्म सबारी आबागमन बन्द भएको थियो ।
दैनिक रुपमा सयौँको सख्यामा सबारी साधनहरु सञ्चालन हुने मार्गमा पहिरो नियन्त्रणका लागी काम हुन नसक्दा रसुवा र केरुङ सम्म पुग्ने सडक मार्ग अबरुद्ध हुँदै आएको छ । नुवाकोटका प्रमुख जिल्ला उद्धववहादुर थापाले सडकखण्ड अवरुद्ध भएमा तत्काल सुचारु गर्न निर्देशन दिइएको बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया