बेलकोटगढी नगरपालिकाको चिम्टेश्वर महादेव मन्दिर डाँडामा भ्यू टावर निर्माण हुने

नुवाकोट/ नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा अवस्थित ऐतिहासिकस्थल चिम्टेश्वर महादेव मन्दिरको डाँडामा भ्यू टावर निर्माण हुने भएको छ । स्थानीयको दशकौँदेखिको मागका वाबजुद अहिले बनेको वमापन्थी नेतृत्वको प्रदेश तीनको सरकारले चिम्टेश्वरमा ‘भ्यू टावर’ निर्माणका निम्ति बजेट विनियोजन गरेको हो । बजेट बिनयोजनसँगै चिम्टेश्वरको विकासमा ठूलो परिवर्तन अाउने विश्वास स्थानीयले लिएका छन ।

प्रदेश सरकारले भ्यू टावर निर्माण र पिकनिक पार्कका लागिमात्र १ करोड ३२ लाख बजेट बिनियोजन गरेको सोही प्रदेशका सांसद एवम् नेकपाका नेता केशव पाण्डे बताउँछन । सांसद पाण्डेका अनुसार उक्त बजेट पर्याप्त नभए पनि काम अघि बढाउँदै लगिने छ । त्यस्तै नगरपालिकाले चिम्टेश्वरसम्म पुग्नका लागि सिँढी निर्माण गर्न भनेर २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
राजनीति गर्नेहरुकै कारण पछि पारिदै आएको ऐतिहासिकस्थल प्रचारको अभावमा ओझेलमा परेको थियो । विक्रम संवत २०७० सालमा पदयात्राका क्रममा हालका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले यो ऐतिहासिकस्थलमा एक रात विताएका थिए । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको पहलमा भएको उक्त पदयात्रामा सयौँ मानिस सहभागी भएका थिए ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका तत्कालीन अध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी चन्द्र रिजाल चिम्टेश्वर पर्यटकीय सम्भावना बोकेर बसेपनि स्थानीय तदारुकता कम हुँदा सबैको आँखामा पर्न नसकेको बताउँछन । उनी भन्छन, यस्ता महत्वपूर्ण गन्तव्यको प्रचार र प्रवर्द्धनका निम्ति स्थानीयले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा बेल्कोट र नुवाकोट आक्रमण गर्नका लागि बेलकोट, जिलिङ, कुमारी र दुईपिपल गाउँ विकास समितिको सँगमस्थल चिम्टेश्वर महादेवस्थानसँगै गढी निर्माण गरेका थिए । त्यस गढीलाई एकीकरण अभियानमा निर्मित पहिलो गढीका रूपमा इतिहासमा उल्लेख गरिएको पाइन्छ ।
अग्लो डाँडामा सैनिकहरू लुक्न बनाईएको सुरुङका अवशेषहरूले अझैपनि एकीकरण अभियानको स्मरण गराउँछ । पृथ्वीनारायण शाहले गढी निर्माण पछि चिम्टेश्वर महादेवको आराधना गरेपछि नुवाकोट विजय गरेको जनश्रुति समेत पाईन्छ । बेल्कोटगढीबाट लाङटाङ, गणेश, जुगल र मानापाथी हिमाल तथा तिब्बतको केरुङ, काठमाडौं, मकवानपुर जिल्ला, गोरखा सम्मको दृश्यावलोकन गर्न सकिन्छ ।

तत्कालीन वागमती अञ्चलका सबै जिल्ला जनकपुर अञ्चलका दोलखा र रामेछाप, नारायणी अञ्चलका मकवानपुर र चितवन तथा गण्डकी अञ्चलका गोरखा तथा लमजुङ र तनहुका हिमालहरुको एकै स्थानबाट दृश्यावलोकन गर्न सकिने स्थानीय समाजसेवी नारायण खनाल बताउँछन । अत्यन्तै सम्भावना युक्त ठाउँ भएर पनि विकास र प्रचारका निम्ति आर्थिक अभावले गर्दा काम हुन नसकेको उनको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया