धादिङमा एक महिनामा १३ जनाले आत्महत्या गरे

नुवाकोट । धादिङमा पछिल्लो केही वर्षयता आत्महत्याका घटना बढ्दै गएको छ ।
गएको तीन वर्षको तथ्याकलाई हेर्दा गत आर्थिक वर्ष ०७७–७८ मा आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी देखिएको हो ।
आव ०७५–७६ मा ९३ जना, ०७६–७७ मा ९४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याकमा उल्लेख छ । आव ०७७–७८ मा मात्र त्यो संख्या बढेर १४२ जना अर्थात् २८ दशमलव ९८ प्रतिशत पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
धादिङमा एक महिनामा सरदर १३ जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी विष सेवन गर्ने रहेको प्रहरी तथ्यांकमा उल्लेख छ । त्यसमा पनि पुरुषको संख्या बढी छ ।
त्रि–वर्षिय आत्महत्याको विश्लेषण गर्दै धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले दिनको समयभन्दा रातको समय र अन्य दिनकोभन्दा बिदाको समय (शनिबार) आत्महत्या गर्नेको संख्या धेरै बताए ।
अरुले थाहा पनि नपाउने र एक्लोपनको अनुभूति हुने भएकाले मध्यराति १२ देखि बिहान ६ बजेको समयमा आत्महत्याका घटना धेरै हुने गरेको एसपी खड्का बताउँछन् ।
आत्महत्या गर्नेहरुमा १६ देखि ३० वर्ष उमेरका अधिक छन् भने ६० वर्षदेखि माथि उमेर समूहका पनि देखिएका छन् । वैदेशिक रोजगारका सामाजिक असर, आर्थिक अभाव, पारिवारिक अवहेलना, असफल प्रेम, लागूऔषध, परीक्षामा असफलता, घरेलु हिंसा, गरिबीलगायतका कारण १६ देखि ३० वर्ष उमेर समूहका तन्नेरीहरुले आत्महत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया