धादिङमा एक महिनामा १३ जनाले आत्महत्या गरे
नुवाकोट । धादिङमा पछिल्लो केही वर्षयता आत्महत्याका घटना बढ्दै गएको छ ।
गएको तीन वर्षको तथ्याकलाई हेर्दा गत आर्थिक वर्ष ०७७–७८ मा आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी देखिएको हो ।
आव ०७५–७६ मा ९३ जना, ०७६–७७ मा ९४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याकमा उल्लेख छ । आव ०७७–७८ मा मात्र त्यो संख्या बढेर १४२ जना अर्थात् २८ दशमलव ९८ प्रतिशत पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
धादिङमा एक महिनामा सरदर १३ जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी विष सेवन गर्ने रहेको प्रहरी तथ्यांकमा उल्लेख छ । त्यसमा पनि पुरुषको संख्या बढी छ ।
त्रि–वर्षिय आत्महत्याको विश्लेषण गर्दै धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले दिनको समयभन्दा रातको समय र अन्य दिनकोभन्दा बिदाको समय (शनिबार) आत्महत्या गर्नेको संख्या धेरै बताए ।
अरुले थाहा पनि नपाउने र एक्लोपनको अनुभूति हुने भएकाले मध्यराति १२ देखि बिहान ६ बजेको समयमा आत्महत्याका घटना धेरै हुने गरेको एसपी खड्का बताउँछन् ।
आत्महत्या गर्नेहरुमा १६ देखि ३० वर्ष उमेरका अधिक छन् भने ६० वर्षदेखि माथि उमेर समूहका पनि देखिएका छन् । वैदेशिक रोजगारका सामाजिक असर, आर्थिक अभाव, पारिवारिक अवहेलना, असफल प्रेम, लागूऔषध, परीक्षामा असफलता, घरेलु हिंसा, गरिबीलगायतका कारण १६ देखि ३० वर्ष उमेर समूहका तन्नेरीहरुले आत्महत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया