पार्टी केन्द्रिय कार्यालयमा कांग्रेस जिल्ला सभापतिहरुको धर्ना सुरु
नुवाकोट । विभिन्न मागहरुसहित नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिएका छन् ।
मंगलबार (आज) विभिन्न मागहरुसहित जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका हुन् । जिल्ला सभापतिहरुले सबै क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गर्नुपर्ने, निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।
त्यस्तै आफ्ना मागहरुको सम्बोधन नभएमा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।
यी हुन् मागहरु
१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस ।
२. क्रियाशील सदस्यता तहगत निर्णय गरियको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस ।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया