काठमाडौंमा सक्रिय संक्रमित ७ हजारभन्दा बढी
नुवाकोट । काठमाडौंमा मात्रै कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजारभन्दा बढी रहेको छ ।
काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० र ललितपुरमा दुई हजार २१८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा ५६६ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको छ । पछिल्लो २४ घण्टमा देशभर १८ हजार ३२२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६८१ संक्रमितको सघन उपचारकक्षमा तथा १६९ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा आइतबार थप १ हजार ७०२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७३ परीक्षणबाट २१८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ५१६ परीक्षणमा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार २४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ छ ।देशभर कोरोनबाट निको हुने दर ९३ दशमलव चार प्रतिशत रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया