पौडि खेल्न गएका शिखरबेशीका पण्डित मृत भेटिए

विदुर खबर २०७५ साउन २६ गते १४:२३

Advertisement

शिखरवेशी÷नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं ७ शिखरबेशीका राम पण्डित बिहिबार पौडी खेल्ने क्रममा बेपत्ता भएकोमा शनिबार मृत्यु भएको अवस्थामा फेला परेका छन ।

पण्डितलाई खोलाले बगाएको समाचार आउने बित्तिक्कै खोजी कार्यमा प्रहरी लागेको थियो । खोजी कार्यमा १५ जना सक्रिय प्रहरीले करिव ४८ घण्टापछि पण्डितको शव तादी खोलाबाट निकाल्न सफल भएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया