नुवाकोटमा एकैदिन एकसय १६ जना कोरोनामुत्त भएर घर फर्किए

विदुर खबर २०७८ भदौ ३ गते १०:३१

नुवाकोट । नुवाकोटमा बुधवार एकैदिन एकसय १६ जना कोरोनामत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एकसय १६ जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हजार ३ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये १८ पुरुष र २२ महिला रहेका छन् । सबैभन्दा बढी विदुर नगरपालिकामा १६ जना थपिएका छन् ।

Advertisement

यस्तै लिखु गाउँपालिका, तादी गाउँपालिका र किस्पाङ गाउँपालिकामा समान ३। ३ जनामा काेराेना संक्रमणा पुष्रटि भएकाे कार्यालयका सुचना अधिकारी खनालले बताए ।

यस्तै सुर्यगढी गाउँपालिकामा २ जना संक्रिमत थपिँदा बेलकाेटगढी नगरपालिका, म्यागङ गाउँपािलका र तारकेश्वर गाउँपालिकामा समान एक।एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

Advertisement

यससँगै जिल्लामा काेराेना संक्रिमतकाे संख्या ७ हजार ५ सय ८५ पुगेकाे छ । यस्तै सक्रिय काेराेना संक्रिमतकाे संख्या  ५ सय ३९ पुगेकाे छ । सक्रिय संक्रिमतमध्ये ४ सय ९४ जना हाेम अाइसाेलेसनमा, २७ जना अस्पतालमा र १८ जना अाइसाेलेसन सेन्टरमा उपचाररतर रह्रकाे स्वास्थ्य कार्यालय नुवाकाेटले जानकारी दिएकाे छ ।

नुवाकाेटमा हालसम्म काेराेना संक्रमणाबाट ४३ जनाकाे मृत्यु भइसकेकाे छ । जिल्लामा हालसम्म २५ हजार ४ सय ९१ जनाकाे पिसिअार परिक्षण गरिएकाे स्वास्थ्य कार्यालय नुवाकाेटले जानकारी दिएकाे छ ।

प्रतिक्रिया