बुद्धभुमि हाइड्रोपावरको सेयर इसेवाबाट समेत भर्न सकिने

विदुर खबर २०७८ भदौ २ गते १४:०६

नुवाकोट । बुद्धभुमि हाइड्रोपावरको सेयर इसेवाबाट समेत भर्न सकिने भएको छ ।

Advertisement

हाइड्रोपावरले सोमवारदेखि नुवाकोटका स्थानियलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ । आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक, सदार्थ बैक बट्टार र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।

Advertisement

सो सेयरको आवेदन इसेवाबाट समेत गर्न सकिने विक्रिी प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ ।  लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

Advertisement

यी स्थानबाट भर्न सकिन्छ सेयर

१.प्रभु बैंक बट्टार र महादेवफाँट
२.ज्योति विकास बैंक, बट्टार
३.ज्योति विकास बैंक, त्रिशुली
४.ज्योति विकास बैंक, छहरे
५.ज्योति विकास बैंक, रातमाटे
६.ज्योति विकास बैंक, रानीपौवा
७.ज्योति विकास बैंक, समुन्द्रटार
८. ज्योति विकास बैंक, देउराली
७. ज्योति विकास बैंक, सामरी
८.ज्योति विकास बैंक, गल्छी धादिङ
९. सेन्चुरी बैंक बेलकोटगढी
१०. सिभिल बैंक, ककनी
११.सिभिल बैंक, कपन शाखा
१२. सिभिल बैंक, टोखा शाखा
१३. सिभिल बैंक, गंगबु शाखा
१४.सिभिल बैंक,स्वयम्बु शाखा
१६. सिभिल बैंक, चावहिल
१७. सिभिल बैंक, मुख्य कार्यालय सिटिसि मल काठमाण्डौ

१८. सिदार्थ बैंक बट्टार शाखा

 

प्रतिक्रिया