नुवाकोट उद्योग वाणिज्य संघको “मास्क मेरो लागि अभियान’’ जारी

नुवाकोट । नुवाकोटमा दैनिक रुपमा कोरोना संक्रमित बढेपछि जिल्लामा जनचेतनामुलक कार्यक्रम गर्न थालिएको छ ।
यसैक्रममा नुवाकोट उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्लाको बजार क्षेत्रहरुमा तपाईको माक्स खै ? कार्यक्रम शुरु गरेका छन् । मंगलबार जिल्लाको बट्टार विदुरमा नुवाकोट उद्योग वाणिज्य संघले मास्क मेरो लागि,परिवारको लागि र समाजको लागि भन्दै जनचेता कार्यक्रमको आयोजना गरेका हुन् ।
नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा भएको कार्यक्रम जनचेतना अभिप्रेरित गर्ने उदेश्यले आयोजना गरिएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले जानकारी दिए । उनले सामाजिक दुरी कायम गरि व्यवसाय संचालन गर्न आग्रह गर्दे जनचेतना कार्यक्रम आयोजना गरेको बताए ।
बट्टार संगमचोकबाट शुरु भएको जनचेतनामुलक कार्यक्रम बट्टार चोक पुगेर सकिएको थियो । अभियानको क्रममा सडकमा हिँड्ने बटुवादेखि वसका चालकहरुलाई समेत माक्स वितरण गरि यसको प्रयोगबारे जानकारी गराइएको थियो ।
नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ भने जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय २५ पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया