विदुर नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७८ भदौ १ गते १३:२४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिललो २४ घण्टामा नगरपालिकमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिललो २४ घण्टामा भेटिएका संक्रमितमध्ये १६ जना महिला र ९ जना पुरुष रहेका छन् ।
यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ८७ पुगेको छ । संक्रमितमध्ये एकहजार ७ सय ४३ पुरुष र एक हजार एक सय ४४ जना महिला रहेका छन् ।
नगरपालिकाका २ सय ६६ जना आइसोलेसन वार्डमा उपचाररत रहेका छन् । नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ जना पुगेको ।
विदुर नगरपालिकाका हालसम्म ३ हजार ४ सय ४५ जनाको पिसिआर परिक्षण गरिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया