वाणिज्य संघका अध्यक्ष कार्कीद्धारा जेष्ठ नागरिक प्रतिष्ठानलाई खाद्यान्न सहयोग

विदुर खबर २०७८ भदौ १ गते ११:४५

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले देविघाट जेष्ठ नागरिक प्रतिष्ठानलाई खाद्यान्न सहयोग गरेका छन् ।

Advertisement

मंगलवार विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा पुगेर नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले देविघाट जेष्ठ नागरिक तथा संरक्षण तथा अध्ययन प्रतिष्ठान पुगेर आश्रममा रहेका वृद्धवृद्धाहलाई खाद्यान्न सहयोग गरेका हुन् ।

प्रतिष्ठान गएर कार्कीले चामल, तेल र जेरीस्वारी वितरण गरेका हुन् । यस्तै कार्कीले ११ हजार रुपैया शुल्क तिरेर देविघाट जेष्ठ नागरिक तथा संरक्षण तथा अध्ययन प्रतिष्ठानको आजिवन सदस्य समेत बनेको जेष्ठ नागरिक प्रतिष्ठानका कार्यालय सहयोगी रामप्रसाद दाहालले जानकारी दिए ।

Advertisement

देविघाट जेष्ठ नागरिक तथा संरक्षण तथा अध्ययन प्रतिष्ठानमा अहिले ३१ जना वृद्धवृद्धाहरुले साहारा लिइरहेका छन् ।

प्रतिक्रिया