वाणिज्य संघका अध्यक्ष कार्कीद्धारा जेष्ठ नागरिक प्रतिष्ठानलाई खाद्यान्न सहयोग
विदुर खबर
२०७८ भदौ १ गते ११:४५
नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले देविघाट जेष्ठ नागरिक प्रतिष्ठानलाई खाद्यान्न सहयोग गरेका छन् ।
मंगलवार विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा पुगेर नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले देविघाट जेष्ठ नागरिक तथा संरक्षण तथा अध्ययन प्रतिष्ठान पुगेर आश्रममा रहेका वृद्धवृद्धाहलाई खाद्यान्न सहयोग गरेका हुन् ।
प्रतिष्ठान गएर कार्कीले चामल, तेल र जेरीस्वारी वितरण गरेका हुन् । यस्तै कार्कीले ११ हजार रुपैया शुल्क तिरेर देविघाट जेष्ठ नागरिक तथा संरक्षण तथा अध्ययन प्रतिष्ठानको आजिवन सदस्य समेत बनेको जेष्ठ नागरिक प्रतिष्ठानका कार्यालय सहयोगी रामप्रसाद दाहालले जानकारी दिए ।
देविघाट जेष्ठ नागरिक तथा संरक्षण तथा अध्ययन प्रतिष्ठानमा अहिले ३१ जना वृद्धवृद्धाहरुले साहारा लिइरहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया