नुवाकोटमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
नुवाकोट । नुवाकोटमा आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ९२ जनाको पिसिआर र ३३ जनाको एन्टीजेन परिक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय ९ पुगेको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी विदुर नगरपालिकामा १७ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै बेलकोटगढी नगरपालिकामा ४ जना कोरोना संक्रमित थपिँदा लिखु र किस्पाङ गाउँपालिकामा सामान ३÷३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै तादी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि हुँदा तारकेश्वर गाउँपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँर्गै जिल्लामा कोरोनामुत्त भएर घर जानेको संख्या ६ हजार ८ सय ६३ पुगेको छ ।
जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय ३ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ५ सय ४९ जना होम आइसोलेसनमा, ३२ जना अस्पतालमा र २२ जना आइसोलेसन सेन्टरमा उपचाररत गरिरहेका छन् ।
नुवाकोटमा कोरोना संक्रमणबाट ४३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म जिल्लामा २५ हजार २ सय २९ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयको भनाइ रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया