जनतामाथि करको अर्काे भार,नगरपालिकाले डिजल र पेट्रोलमा लगायो कर

इलाम, इलाम नगरपालिकाले डिजेल र पेट्रोल प्रयोग गरेबापत प्रतिलिटर ५० पैसा कर लगाएको छ । नगरपालिकाले डिजेल र पेट्रोल हाल्ने उपभोक्ताबाट प्रतिलिटर ५० पैसा कर उठाउन थालेको हो । नगरपालिकाले नेपाल आयल निगमलाई पत्र नै लेखेर त्यस्तो कर लिइने भएकाले सहयोग गरिदिन भनेर अनुरोध गरेको छ ।
इलाम नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर एक रुपैयाँ इन्धनमा कर लिने व्यवस्था गरिएको भए पनि हाललाई ५० पैसा मात्र उठाउने निर्णय गरिएको उक्त पत्रमा जनाइएको छ । नगरपालिकाले डिजेल र पेट्रोलमा लिइने शुल्कलाई प्रदूषण नियन्त्रण शुल्क भनेको छ । नगरपालिकाको सचिवालय बैठकले ५० पैसा प्रदूषण नियन्त्रण शुल्क लिने निर्णय गरेको हो ।
नगरवासीले नगरपालिकालाई कर मात्र बढाउने नभई सुविधा पनि दिन माग गरेका छन् । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले प्रदूषण नियन्त्रण शुल्क नगरपालिकाले लिँदा विरोध गर्नुपर्ने कारण नरहेको बताउनुभयो । इलाम नगरपालिकाभित्र बिब्ल्याँटे र इलाम बजारमा गरी दुई पेट्रोल पम्प सञ्चालनमा छन् ।
(रासस)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया