शिवपुरीमा अत्याधुनिक सुविधासहितको अस्पताल संचालनमा
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा अत्याधुनिक मेसिनसहित सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ ।
शुक्रबार गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले शिवपुरी आधारभूत अस्पतालको औपचारिक उदघाटन गरेका हन । गाउँपालिकाका अध्यक्षले एक्सरे तथा भिडियो एक्सरे गर्दै उक्त स्वास्थ्य केन्द्रको उदघाटन गरेका हुन् ।
भौगोलिक विकटता भएको शिवपुरी गाउँपालिकाका नागरिकहरुलाई स्वास्थ्य उपचारार्थ गर्न जानुपर्ने भएपछि गाउँपालिकाले विविध सुविधा सहित आधारभूत अस्पताल सञ्चालमा ल्याएको हो । गाउँमै सुविधा सम्पन्न अस्पताल संचालनमा आएसँगै स्थानियहरु खुशी भएका छन् ।
गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले स्थानीय तह संचालनमा आएसँगै गाउँपालिकाले शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको बताए । उनल भने मेरो आज ठुलो सपना पूरा भएको छ, यो स्वास्थ्य केन्द्र मेडिकल सुपरिटेन्डेन्टसहितको स्वास्थ्यकर्मीहरु भएकाले सामान्य एक्सरे तथा भिडियो एक्सरेका लागि काठमाडौ वा त्रिशुली जानुपर्ने बाध्यता समेत अन्त्य भएको छ ।’
कोरोनाको समयमा जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको गाउँपालिकाले अस्पताल सञ्चालनम आएसंगै स्वास्थ्य सेवामा थप फड्को मार्ने शिवपुरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख उद्धब कार्कीले बताए ।
स्थानीय बलभद्र कार्कीबाट प्राप्त ६आना जग्गा क्षेत्रफलमा नयाँ अस्पताल निर्माण भएको हो । नवनिर्मित भवनमा १२ वटा कोठा रहेको छ ।
गाउँपालिकामा हाल मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब असिस्टेन्ट,रेडियो ग्राफरसहित १२ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । डिजिटल एक्सरे, भिडियो एक्सरे ल्याब सहितको अस्पताल सञ्चालनको लागि गाउँपालिकाले आवश्यक जनशक्ति समेत तयारी गरेको छ। ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया