शिवपुरी गाउँपालिकामा व्यवसाय दर्ता शिविर हुने

विदुर खबर २०७८ साउन २८ गते २१:१८

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाले व्यवसाय दर्ता शिविर सञ्चालन गर्ने भएको छ ।

Advertisement

गाउँपालिकाले जनप्रतिनिधिसहित कर्मचारीको टोली बनाई वडा–वडामा पुगेर व्यवसाय दर्ता शिविर सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगादेवी श्रेष्ठले जानकारी दिइन् ।

चालू आर्थिक वर्ष ०७४÷७९ मा उद्योग व्यवसाय, कृषि, पशुफर्म तथा अन्य व्यवसाय सञ्चालन गरिरहेका तथा गर्न चाहने व्यवसायी, व्यावसायिक कृषकलाई लक्षित गरी गाउँपालिकाले साउन ३१ गतेदेखि भदौ २ गतेसम्म वडा नम्बर ५.
६,७ र ८ मा शिविर सञ्चाल गर्न लागेको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण भएको थापाले जानकारी दिए ।

Advertisement

शिविरमार्फत कृषि फर्म दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वडा सिफारिस, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा मञ्जुरीनामा, पासपोर्ट साइजको फोटो,सर्जिमिन मुचुल्का र तिरो तिरेको रसिदको प्रतिलिपि आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघ र पूर्णिमा कार्यक्रमको समन्वयमा व्यवसाय दर्ता शिविर सञ्चालन हुन लागेको खबर त्रिशुली प्रवाह साप्ताहिकले लेखेको छ ।

Advertisement

प्रतिक्रिया