समुदायस्तरमै फैलिन थाल्यो कोरोना संक्रमण
नुवाकोट । कोरोना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ ।
साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर हेर्दा संक्रमित हुनेदर २० देखि २५ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना संक्रमणदर उच्च रहेको छ ।
काठमाडौं उपत्यकासहित देशभरका १९ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन् । जसअन्तर्गत प्रदेश १ को मोरङ, सुनसरी, झापा र बाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट रहेका छन् । यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा, तनहुँ लुम्बिनी प्रदेशको रूपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा ५ सय बढी सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले साउनको हालसम्मको अवस्थालाई हेर्दा प्रत्येक चार जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिने गरेको बताए । उनले भने, ‘संक्रमणदर बढ्दो क्रममा रहेको छ । अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम र बेलाबेला मिचीमिची साबुनपानीले हात धुनुपर्छ । संक्रमितको संख्या घटाउन मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्नुहुँदैन ।’
निषेधाज्ञा खुला गर्दा र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणदर बढ्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । सरकारले आगामी मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले मास्कको समुचित प्रयोगबाट महामारी नियन्त्रणमा टेवा पुग्ने बताइन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना संक्रमणदर बढ्दो क्रममा रहेको भन्दै मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र सरसफाइमा ध्यान दिनुपर्ने बताए ।
यस्तै, बुधबार देशभर थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १० हजार ९ सय ७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ सय १६ र ५ हजार ७ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । बुधबार ३० जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको छ । हाल ७ सय ९६ जना आईसीयूमा र १ सय ८४ जनाको भेन्टिलेटरमा राखी उपचाररत रहेका छन् । देशभर ३ सय ९९ जना क्वारेन्टाइनमा रहेका छन् ।
झन्डै २९ लाखले लगाए कोरोनाविरुद्ध पूर्णखोप
हालसम्म २८ लाख ८८ हजार ३ सय ६० जनाले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० लाख ८३ हजार ४ सय ३ जनाले भेरोसिल खोपको पूर्ण मात्रा लगाएका छन् ।
यस्तै, ५ लाख ९७ हजार ८ सय १९ जनाले कोभिसिल्ड र १२ लाख ७ हजार १ सय ३८ जनाले जोन्सन एन्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएका छन् ।
नेपालमा हाल कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप उपयोगमा आएको छ । अहिलेसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १७ लाख ५६ हजार ७ सय ६३ लाई कोभिड खोप लगाउने लक्ष्य लिएको छ । जसमध्ये हालसम्म २१ दशमलव १ प्रतिशतले पहिलो मात्रा र १३ दशमलव २८ प्रतिशतले दोस्रो मात्रा खोप पाएका हुन् ।
यस्तै, स्वास्थ्य मन्त्रालयले विद्यार्थीलाई खोप उपलब्ध गराउने निर्णय गरेको छ । परीक्षा भइरहेका विश्वविद्यालयका विद्यार्थीले प्रवेशपत्रको आधारमा खोप लगाउन पाउने भएका हुन् । यसअघि २५ साउनमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी युनियन र अखिल छैठौंले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीहरूलाई खोप दिने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले विद्यार्थीहरूलाई प्रवेशपत्रका आधारमा खोपको पहिलो मात्रा उपलब्ध गराउन सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गरिएको समाचार आजको राजधानी दैनिकमा छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया