फोनिज स्थापना दिवसमा छात्रावासलाई खाद्यान्न सहयोग

विदुर खबर २०७८ साउन २७ गते २१:१३

नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले वुधवार २२औँ स्थापना दिवस मनाएको छ ।

Advertisement

स्थापना दिवसको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला कार्य समिति नुवाकोटले विदुर स्थित सिवालय टोलमा रहेको आमाको माया छात्रावासलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ ।

विनासकारी भूकम्प २०७२ पश्चात जनजाति कल्याण आश्रम नेपालद्धारा स्थापना भएको आमाको माया छात्रावासमा रहेका वालकहरुलाई लक्षित गरी चामल, दाल, नुन, गेडागुडी लगायतका खाद्यान्न सामाग्री फोनिज नुवाकोटले एक कार्यक्रमका विच प्रदान गरेको हो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य धु्रवकुमार रावलले स्थापना दिवसमा फोनिज नुवाकोटले समय र परिस्थितिलाई आत्मसाथ गर्दै आयोजना गरेको कार्यक्रमले समुदायसँगै पत्रकार रहेको आभाष मिलेको बताउनुभएको छ ।

Advertisement

पत्रकार आवद्ध संघसस्थाले कुनै कार्यक्रम गर्दा दोश्रो निकायबाट आर्थिक जोहो गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले फोनिज नुवाकोटको यस कार्यबाट अन्य संघसथालाई सामाजिक कार्यमा लाग्न उत्प्रेरित गरेको बताउनुभएको छ । आमाको माया छात्रा बासमा हाल २५ जना बालकहरु रहेका छन् ।

नुवाकोट, रसुवा, धादिङ, चितवन र मुगका बालकहरु छात्रा बासमा बसेर शैक्षिक गतिविधिलाई अगाडी बढाइरहेको सञ्चालक समितिका अध्यक्ष सोमप्रसाद पाण्डेले बताउनुभएको छ । छात्रा बासमा रहेका बालकहरु शैक्षिक गतिविधिमा, वौद्धिक क्षमतामा र शारिरि रुपमा सक्षम रहेको अध्यक्ष पाण्डेको भनाई छ ।

Advertisement

आमाको माया छात्रा बासलाई खाद्यान्न सामाग्री प्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका उपाध्यक्ष एवं फोनिज जिल्ला सल्लाहकार नवदीप अजनवी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य देवचन्द्र भट्ट, फोनिज जिल्ला सदस्य सुनिल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला कार्य समिति नुवाकोटले आगामी दिनमा पनि समय सापेक्षतामा आधारित भई गतिविधि सञ्चालन गर्दै जाने जिल्ला सचिव गमला लामाले बताउनुभएको छ ।

प्रतिक्रिया