नुवाकोटमा साढे ६ हजार कोरोनामुत्त
नुवाकोट । नुवाकोटका साढे ६ हजारभन्दा बढी कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५५ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ६ हजार ६ सय ४७ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एकसय १४ जनाको पिसिआर र ३६ जनाको एन्टीजेन परिक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी विदुर नगरपालिकामा ४० जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै बेलेकोटगढी नगरपालिकामा ६ जना संक्रमित थपिँदा, तादी र किस्पाड गाउँपालिकामा समान ५ जना संक्रमित थपिएका छन् । त्यस्तै पन्चकन्या गाउँपालिकामा ४ जना र तारकेश्वर गाउँपालिकामा एकजना संक्रमित थपिएका छन् ।
यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ३६ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ५ सय ७८ जना होम आइसोलेसनमा, ४१ जना अस्पतालमा र १७ होम आइसोलेसनमा उपचाररत रहेका छन् ।
जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भइसकेको छ । नुवाकोटमा अहिलेसम्म २४ हजार ७ सय जनाको पिसिआर परिक्षण गरिएको छ ।
विदुरमा थप ४० जना संक्रमित थपिए
यसैविच विदुर नगरपालिकामा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
यसैक्रममा बुधवार नगरपालिकाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २२ पुरुष र १८ महिला रहेका छन् ।
यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ७५ पुगेको छ । संक्रमितमध्ये एकहजार ६ सय ८१ पुरुष र एकहजार ९४ जना महिला रहेका छन् ।
अहिले नगरपालिकाका २ सय ६० जना होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
विदुर नगरपालिकामा हालसम्म ३ हजार ७ सय ८ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया