देशका अधिकांश स्थानमा आज वर्षाको सम्भावना
विदुर खबर
२०७५ साउन २५ गते ४:३१
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा आज पानी पर्नसक्ने प्रक्षेपण गरेको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो र राति देशभर सामान्य तथा पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको हुनसक्छ । खासगरी शुक्रबार राति पश्चिमका केहि स्थान तथा पूर्व र मध्यका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा राति भारी वर्षा हुने महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार भोलि पनि सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ । शनिबार राति पश्चिमका केही स्थानहरुमा र पूर्व र मध्यका एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाको भनाइ छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया