विशेष अधिवेशन मार्फत संवैधानिक संकट टार्नुपर्छ : अर्जुननरसिंह केसी
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले महाधिवेशन नहुने भएपछि हुन्छ हुन्छ भन्नुको कुनै अर्थ नभएको बताउनुभयो ।
वडा, गाउँ र क्षेत्रीय अधिवेशनको समय घर्किसकेको र केन्द्रीय महाधिवेशन आउन तीन हप्ता बाँकी रहँदा महाधिवेशन हुन्छ हुन्छ भन्नुको कुनै अर्थ नभएको उहाँले बताउनुभयो । अब के गर्न सकिन्छ विकल्पहरु खोजी गरी छलफल गर्न ढिला भइसकेको केसीले बताउनुभयो ।
केसीले विशेष अधिवेशन गर्न मागसमेत गर्नुभयो । समय घर्किसकेको र संवैधानिक संकट निम्तिने भएकाले विशेष महाधिवेशन गरेर पार्टीको आधिकारिकताको संकट टार्नुपर्ने उहाँको तर्क छ ।
केन्द्रमा नसकिए सात प्रदेशमा गर्ने, नभए तत्कालीन १४ अञ्चलमा र त्यति नै नभए ७७ जिल्लामै विषेश अधिवेशन गरेर पार्टीलाई संवैधानिक संकटबाट एक वर्ष पर सार्न सकिने उहाँले बताउनुभयो । विशेष अधिवेशन नगरे नेपालको संविधानलाई सम्बोधन गर्ने गरी अन्य विकल्प खोज्न पनि केसीले सुझाउनुभएको छ ।
केही साथीहरुले कोरोनालाई शून्य समय मानेर महाधिवेशन गर्नुपर्ने भनाइ आएकाे भएपनि त्यो तर्कसंगत नभएको उहाँको जिकिर छ । ‘शून्य समय ट्याक्स तिर्नेका लागि हाे’, उहाँले भन्नुभयाे, ‘पार्टीकाे महािधवेशनका लागि हैन ।’
क्रियाशील सदस्यता विवादका विषयमा कुरा गर्दै कोहीले गुट उपगुट नहेरी क्रियाशील वितरण गरे कुनै समस्या नआउने उहाँले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया