बढ्दो उमेर र प्रेस्बियोपिया लक्षण

Presbyopia ग्रीक शब्द हो जसमा “presbys ” को अर्थ “old” अर्थात् उमेर बढेको र “ops ” को अर्थ “sight ” अर्थात् दृष्टि हो | सामान्य भाषामा presbyopia भनेको उमेर बढ्दै जादा नजदिकको स -साना अक्क्षरहरु देखिने क्षम्ता कम्जोर हुदै जानु हो | प्राय स साना अक्क्षर हरु पढ्न नसक्नु नै प्रेस्बियोपिया अर्थार्त चालिसे हो | यो प्राय: चालिस वर्ष पछि देखिने समस्या हो| त्येसैले चालिसे पनि भनिएको हो|
presbyopia अर्थार्त चालिसे बिस्तारै बिस्तारै बिकसित हुदै जान्छ र उमेर अनुसार फरक फरक हुन्छ|
लक्षणहरु
1.ससाना प्रिन्ट हरु पढन नसक्नु
2.दुरी बढाएर नाजदिक को अक्क्षर हरु पद्नु
3.टाउको दुक्नु
4.धेरै बेरसम नजदिक्को काम गरेपछि टाउको भारी महसुस हुनु
5.आँखामा तनाव रहनु
6.नजदिक्को अक्क्षर धुन्द्ला देख्नु
उमेर बढ्दै जादा आँखा भित्रको लेन्स कडा हुनु जसले आँखा को focusing क्षम्ता कम्जोर हुनु हो । प्रेस्बियोपिया अर्थात् चालिसे उमेर बढ्दै जादा विकास हुने एउटा सामान्य समस्या हो जुन ४० बर्स पछी सबै लाई असर गरेको हुन्छ ।
उपचार बिधि
प्रेस्बियोपियाको उपचार एकदमै सरल हो|
१. Reading ग्लास -उमेर अनुसार फरक फरक पावर भएका reading ग्लास प्रयोग गरिन्छ ।
२. Bifocal ग्लास -येस प्रकारको पावर ग्लास मा दुइ फरक फरक optical जोन हुन्छ।
३. Progressive ग्लास -एस प्रकारको पावर ग्लास बाट टाढा ,बिच , नजदिक अर्थार्त computer प्रयोग को लागि पनि गर्न सकिन्छ ।
४.Contact लेन्स
यी सबै प्रविधिबाट नजदिक को ससाना अक्क्षर हरु हेर्न सकिन्छ।
ग्लास प्रयोग गर्दै जादा फेरी केहि समय पछि ग्लास बाट पनि नजदिक हेर्न कठिनाई हुन्छ त्यसैले फेरी आँखाको परिक्षन गरे पावर ग्लास फेर्नु पर्छ।
त्येसैले नियमित रुपमा आँखाको परिक्षन गर्दै जानु पर्छ|बिश्व जनसंख्याको करिब करिब २५% झन्डै १.८ अर्ब presbyopic अनुमान गरिएको छ ।
यो सारांस विकिपेडिया विभिन्न लेख ,किताब तथा मेडिकल पत्रिका बाट अनुबाद गरिएको छ।
संकलनकर्ता
राजेशकुमार चौरसिया,दृष्टि बिशेषज्ञ
दृष्टि आई केयर सेन्टर , बट्टार नुवाकोट शाखा मा कार्यरत दृष्टि बिशेषज्ञ हुनुहुन्छ ।
प्रतिक्रिया