लुम्बिनीमा सत्ता पक्ष र विपक्षी गठबन्धनबीच टकराव
नुवाकोट । लुम्बिनीमा विगत लामो समयदेखि सत्ता पक्ष र विपक्षी गठबन्धन बीच टकराव हुँदै आएको छ ।
एक अर्कालाई अवैधानिक भन्दै आरोप/प्रत्यारोप गर्दै आएका सत्ता पक्ष र विपक्षी गठबन्धन बीच वारपारको लागि प्रतिष्पर्धा जारी छ । विपक्षीले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएर पनि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त नगरेको भन्दै प्रदेश सरकारको चर्को आलोचना गर्दै आएका छन् । सत्ता पक्षले भने आफू बहुमतमा नै भएको दाबी गर्दै विपक्षीले अनावश्यक रुपमा आलोचना गरेको बताउँदै आएको छ् ।
बुधवार लुम्बिनी प्रदेशका सत्ता पक्ष र प्रतिपक्ष गठबन्धन एउटै कार्यक्रममा आमने–सामने भएका छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूहरुसँग स्पष्ट बहुमत भएको बताउनु भएको छ् । उहाँले मंगलबार विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वासको प्रस्ताव असंवैधानिक भएको बताउँदै अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताउनु भयो । त्यसका लागि जसपामा देखिएको विवाद समाधान हुनुपर्ने उहाँको माग रहेको छ ।
रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले आफूहरुलाई सत्तामा बसिरहन मन नभएको बताउनु भयो । उहाँले सत्तापक्ष सहमतिमा जान खोजेको बताउँदै प्रदेश सभा भित्र राजनीतिक जटिलताको अन्त्य गरेर विपक्षी गठबन्धनलाई सहमित प्रक्रियामा जान आग्रह गर्नु भयो ।
ढकालले संविधानको धारा १६८(१)बमोजिमको सरकारमाथि अविश्वासको प्रस्ताव पेश गर्न संवैधानिक नभएको बताउनु भयो । उहाँले विपक्षी गठबन्धनले प्रलोभनमा सांसदहरुलाई आफूतिर किनेको आरोप लगाउनु भयो । उहाँले विपक्षी गठबन्धनले नक्कली नाम राखेर ४२ सांसद पुर्याएको आरोप पनि लगाउनु भयो । नेपाली कांग्रेस संसदीय दलका नेता फकरुद्धिन खाँनले वर्तमान प्रदेश सरकार अल्पमतमा रहेको बताउँदै अब छिटै छिनो–फानो गर्ने बताउनु भयो । उहाँले कांग्रेसले गोलबद्ध भएर अघि बढ्ने योजना बनाएकोसमेत बताउनु भयो ।
खाँनले प्रदेश सरकार गठन भएको ३ वर्षसम्म आफूहरु चुप भएर बसेको बताउँदै सरकारले असंवैधानिक कार्यहरु गर्न थाले पछि आफूहरु एकजुट भएर अगाडि बढेको बताउनु भयो । अल्पमलमा हुँदा बारम्बार विश्वासको मत लिनुपर्नेमा बारम्बार संसदबाट भागेको आरोप उहाँले लगाउनु भयो । आफूहरुले विश्वासको मत लिन आग्रह गर्दागर्दै पनि सुनूवाई नभएपछि आफूहरुले निकास खोजेको बताउनु भयो ।
राष्ट्रिय जनमोर्चा संसदीय दलकी सचेत तारा जि.सीले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश भइसकेपछि पनि प्रक्रियामा जान नखोजेको आरोप लगाउनु भयो् । उहाँले सत्ता पक्षले बारम्बार लोकतन्त्र माथि हस्तक्षेप गरेको आरोप लगाउनु भयो ।
कार्यक्रममा जनता समाजवादी पार्टी संसदीय दलका सचेतक सहसराम यादवले मुख्यमन्त्री पोखरेल बारम्बार विश्वासको मत लिनबाट डराएको बताउनु भयो । सत्तापक्षले बारम्बार जसपा पार्टी माथि हमला गर्न खोजेको आरोप लगाउदै उहाँले जसपाका सांसदहरुलाई प्रभोलनमा देखाएर आफूतिर तानेको आरोप लगाउनु भयो । साक्षात्कार कार्यक्रम रिपोर्टर्स् क्लबल नेपाल, लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया