नगरपालिका तोडफोड गर्ने २४ जनाविरुद्ध प्रशासनमा उजुरी

विदुर खबर २०७८ साउन २० गते १८:५४

नुवाकोट । सोमवार विदुर नगरपालिकाको कार्यालयमा भएको तोडफोडमा संलग्न भएको आरोपमा २४ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा विदुर नगरपालिकाले उजुरी दर्ता गरिएको छ ।

Advertisement

विदुर नगरपालिकाले आफै वडाका ६ जना वडाध्यक्षसहित २४ जनाविरुद्ध प्रहरी र प्रशासनमा उजुरी दर्ता गराएको छ । नगरपालिकाको कार्यालयले उनीहरुविरुद्द फौजदारी संहिता २०६४ अनुसार कारवाहीको माग गर्दे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको हो ।

नगरपालिका तोडफोड गरेको आरोपमा विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विरेन्द्रकुमार शाही, वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमाल, वडा नम्बर ७ का वडाध्यक्ष महेन्द्र तामाङ, वडा नम्बर ८ का वडाध्यक्ष फैसिङ तामाङ, वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपाल, वडा नम्बर १३ का वडाध्यक्ष दलवहादुर तामाङविरुद्ध मुदा दर्ता गराइएको नगरपालिकाले जानकारी दिएको छ ।

Advertisement

यसैगरि नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धव्र अधिकारी, सचिव सुरेन्द्रराज अधिकारी, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, वरिष्ट उपाध्यक्ष गिता अमात्य, नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारी रहेका छन् ।
त्यस्तै अन्यमा नेपाली काग्रेस विदुर नगरपालिका वडा नम्बर ५ का वडासभापति राजेन्द्र अर्याल ,वडा नम्बर १३ का वडा सदस्य मानवहादुर खड्का, कांग्रेस नेताहरु गणेश तामाङ, शंकर पाण्डे, शंकर प्याकुरेल, रामचन्द्र तामाङ, प्रेस युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदीको विरुद्धमा समेत मुद्धा दर्ता गरिएको छ । यस्तै मुद्धा दर्ता गराएका अन्य व्यक्तिहरुमा सरोज लामा, नविन खड्का, रेगवहादुर ओझा, भरत तामाङ र रामकुमार श्रेष्ठ रहेको बताइएको छ ।

यसैविच नगरपालिकाले आफुहरु मुद्धा दर्ता गराएको विषयबारे आफुहरुलाई आधिकारी जानकारी नआएको विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपालले विदुर खबरलाई जानकारी दिए । उनले नगरपालिकाले आफुहरु विरुद्ध मुद्धा दर्ता गरेको भन्ने विषयमा केही हल्ला मात्र सुनेको बताए ।

Advertisement

सोमवार विदुर नगरपालिका वडा नम्बर १३ मा कार्यान्यनमा आएको सुन्तला कागती पकेट क्षेत्रको सम्बन्धित काममा अनियमितता भएको भन्दै कांग्रेस कार्यकर्ताहरुले नगरपालिकामा तालाबन्दी गर्ने क्रममा नगरपालिकाको कार्यालयमा तोडफोड गरिएको थियो ।

झडपमा परि कांग्रेसको तर्फबाट विदुर नगरपालिकाको उपमेयरका प्रत्यासी गिता अमात्य, तरुण दल वडा नम्बर १३ का अध्यक्ष रामचन्द्र लामा र ३ जना प्रहरी घाइते भएका थिए । नगरपालिकामा भएको तोडफोडबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको नगरपालिकाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया