नगरपालिकामा भएको तोडफोड निन्दनीय : मेयर पण्डित

विदुर खबर २०७८ साउन १८ गते २१:३४

नुवाकोट । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नगरपालिकामा आज भएको तोडफोड निन्दनीय भएको बताएका छन् ।

Advertisement

सोमवार नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर १३ ले संघीय सरकारबाट बिनियोजित भएको सुन्तला र कागती पकेट क्षेत्रको लागी छुट्टाईएको बजेटमा अनियमितता भएको भन्दै नगरपालिकामा ताला लगाउन खाजेपछि प्रहरीले रोकेपपिछ नेपाली कांग्रेसले नगरपालिका तोडफोड गरेको थियो ।

नगरपालिकाको कार्यालयमा तोडफोड भएको भन्दै विदुर नगरपालिकाले निन्दनीय घटना घटेको भन्दै आपत्ति जनाएको छ । नगरपालिकाका मेयर सञ्जु पण्डितद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा डाँकाको शैलीमा नगरपालिकाको कार्यालयकमा तोडफोड गरिएको बताइएको छ । उनले नियोजित तरिकाले ढुंगामुढा गर्ने तयारी समेत गरेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरि आआफ्नाहरु भनाईहरु केहि पनि नराखी खाली ताला लगाउने प्रयोजन भनि लगाउन खोज्ने कार्य गर्न लागेको बखतमा नगर प्रहरीहरुले त्यसो नगर्न आग्रह गरेको र जिल्ला प्रहरी कार्यालय एवं सशस्त्र प्रहैर कार्यालयबाट खटिएका सुरक्षाकर्मीहरुलाई नगरपालिकामा काम छ भनि प्रवेश गरि दानवीय व्यवहार प्रस्तुत गरेको उल्लेख छ ।

Advertisement

लोकतान्त्रिक मुल्य मान्यतानुसार आफनों मागहरुको शान्तिपूर्ण रुपमा ज्ञापन पत्र बुझाउने तथा नगरपालिका भित्र भएका गतिविधिको सत्यतथ्य थाहा पाउन सक्ने विभिन्न विधिहरु छलि गर्दै जुन किसिमका अमानवीय कार्यहरु गरेको देखिन्छ, त्यसले पक्कै पनि कसैको हित गर्दैन विज्ञप्तीमा भनिएको छ ।

वडामा विनियोजन गरिएको रकममा अनियमितता भएकोले भुक्त्तिानी रोक्न माग गरिएपनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीले वडालाई जानकारी नदिइ रकम भुक्त्तिानी दिइएको विदुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष फैसिङ तामाङले जानकारी दिए ।

Advertisement

संघिय सरकारले नगरपालिकाको वडा नम्बर १३ मा विनियोजित गरेको ११ लाख रुपैयाँमध्ये नगरपालिकाले ६ लाख रुपैयाँ भुक्त्तिानी गरिसकेको छ ।

यस्तो छ नगरपालिकाको विज्ञप्ती ।

प्रतिक्रिया