अमिताभ बच्चन जागिरको खोजिमा ?

विदुर खबर २०७४ फागुन ७ गते ९:३८

नाम: अमिताभ बच्चन
जन्मतिथि: ११-१०-१९४२
उमेरः ७६ वर्ष
अनुभवः ४९ वर्षदेखि अभिनयमा सक्रिय, करिब २०० फिल्ममा काम
उचाई: ६ फुट २ इञ्च
अभिनेता अमिताभ बच्चनले आफ्नो ट्वीटर र इन्स्टाग्राममा यो पोस्ट गर्दै शीर्षक राखेका छन् ‘जब एप्लीकेशन’ जवाफ पनि उनकै पोस्टमा छापिएको छ ।

Advertisement

अमिताभले अंग्रेजी अखबारको एउटा कटिङ पोस्ट गरेका छन् । यसमा लेखिएको छ- अभिनेत्री दिपिका पादुकोण र कटि्रना कैफको कद अभिनेता शाहिद कपुर र आमिर खानको भन्दा अग्लो छ । त्यसकारण यी कलाकारलाई लिएर अभिनय गराउँदा निर्देशकले निकै तनाव झेल्नु पर्‍यो ।

पत्रिकाको रिपोर्टमा सूत्रको हवाला दिँदै लेखिएको छ ‘पद्मावतिको सुटिङको समय निर्देशक सञ्जयलीला भन्सालीलाई पनि यहि समस्या परेको थियो ‘कसरी दिपिका पादुकोणको छेउमा शाहिद कपुरलाई अग्लो देखाउने भनेर ?’

Advertisement

अगाडि भनिएको छ । यहि समस्या ‘ठग्स अफ हिन्दुस्तान’ मा पनि पर्‍यो । यस फिल्ममा आमिर खानको साथ कटि्रना कैफ र अमिताभ बच्चनले काम गरेका छन् ।

अमिताभ बच्चनले यहि सन्दर्भलाई लिएर ‘जब एप्लीकेशन’ पोस्ट गर्दै अन्तिममा लेखेका छन् ‘तपाईंलाई कहिल्यै उचाइको समस्या हुने छैन ।’

Advertisement

अमिताभ बच्चनको पोस्टलाई लिएर इन्स्टाग्राम र ट्वीटरमा प्रतिक्रियाको बाढी नै आएको छ । इन्स्टाग्राममा २ घण्टाको विचमा २ लाख ७३ हजारले लाइक गरे । साढे आठ हजारभन्दा बढीले कमेन्ट लेखे ।

ट्वीटरमा आधा घण्टाको विचमा सात हजारले लाईक गरे । एक हजार पाँचसयले रि-ट्वीट गरे ।

केही प्रयोगकर्ताले भने रमाइलो प्रतिक्रिया दिएका छन् । गायत्री पुँडे नामकी प्रयोगकर्ताले लेखेकी छिन्, ‘७६ वर्षको उमेरमा २६ वर्षको दिल । सदाबहार अभिनेता ।’

प्रतिक्रिया