नुवाकोटको त्रिशुली अस्पताल विरामीको पहिलो रोजाइमा पर्दे

विदुर खबर २०७८ साउन १७ गते २०:३६

नुवाकोट । नुवाकोट, रसुवा र धादिङका नागरिकका लागि उपचार सेवा उपलब्ध पुराउँदै आएको त्रिशुली अस्पताल विरामीको पहिलो रोजाइमा पर्दे गइरहेको छ ।

Advertisement

अस्पतालमा भौतिक पुर्वाधार, औजार, उपकरण, र विज्ञ स्वास्थ्यकर्मी परिपूर्ति हुँदा नुवाकोट–रसुवाका विरामी उपचारकै लागि काठमाण्र्डा जानुपर्ने परिस्थति अन्त्य भएको छ । अस्पतालले गत सोमवार पहिलोपटक ५७ वर्षपछि स्थापना दिवस समेत मनाएको छ । २०२१ साल साउन ११ गते स्थापना भएको अस्पताल बाग्मति प्रदेश अन्र्तगत रहेका जिल्ला अस्पतालमध्ये सबैभन्दा बढी रुपमा रहेको छ ।

अस्थायी रूपमा सञ्चालन हुँदै आएको त्रिशुली अस्पतालमा कोरियन सहयोग नियोग कोइकाको सहयोगमा नवनिर्मित अत्याधुनिक भवनबाट अस्पतालले आधुनिक सेवा प्रवाह गरिरहेको छ । कुल ५९ जना स्थायी दरबन्दी भएको यस अस्पतालमा २६ जना मात्र दरबन्दी परिपूर्ति भएको प्रतिकूल अवस्थामा पनि अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिबाट थप कर्मचारीको व्यवस्थापन गरी करिव दुई सयजना कर्मचारीले सेवा दिइरहेका छन् ।

Advertisement

चिकित्सकको हकमा विभिन्न विषयका नौजना विशेषज्ञ र १४ जना मेडिकल अधिकतले चिकित्सकीय सेवा उपलब्ध गराउँदा जिल्लाका कमजोर आर्थिक अवस्था भएका नागरिकले न्यून खर्चमा राजधानीमा प्राप्त हुने स्वास्थ्य सेवा जिल्लामै प्राप्त गर्ने अवसर पाएको त्रिशूली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दीपेन्द्र पाण्डेले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डअनुसार जिल्लामा रहेका ५० बेडका अस्पतालमध्ये उत्कृष्ट ठहरिएको यस अस्पतालले कोभिड महामारीबीच आफ्नै अक्सिजन प्लान्ट, आफ्नै पिसिआर प्रयोगशाला, ६० बेडको कोभिड वार्ड र १२ वटा भेन्टिलेटरसहित २० बेडको आइसियू÷एचडियू सञ्चालन गर्दै आएको छ ।

Advertisement

अस्पतालले अझै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न यस आर्थिक वर्षमा बालबालिकाका लागि छुट्टै आइसियू, हेमोडायलाइसिस, ज्येष्ठ नागरिकको छुट्टै वार्ड, इन्डोस्कोपी, ल्याप्रोस्कोपी, डेक्सा स्क्यानलगायतका सेवा थप्ने त्रिशूली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडासँग चालू आ.व. ०७८÷०७९ मा चिकित्सा र डेन्टल विधाहरूतर्फ स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न सोमबार सम्झौता भएको छ। अस्पताल स्थापना भएको ५७औं वर्ष पुगेको अवसरमा सोमबार भएको कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशी, शिक्षाध्यक्ष प्राध्यापक डा. सतिशकुमार देव र त्रिशूली अस्पतालको तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष अनप्रसाद श्रीमानले मडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डे ले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्राज्ञिक तथा स्वास्थ्य सेवासम्बन्धी सहकार्य गर्न अस्पतालले आफ्नो भौतिक पूर्वाधार एवम् जनशक्ति प्रयोग गर्न अनुमति दिनेछ । सम्झौता अनुसार त्रिशूली अस्पतालले अब नर्सिङ र चिकित्सकको विभिन्न कोर्स सञ्चालनमा ल्याउने छ ।

प्रतिक्रिया