नुवाकोटमा आज ५१ जना कोरोना संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा आज ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७६ जनाको पिसिआर र ४० जनाको एन्टीजेन परिक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ४२ पुगेको कार्यालयका निमित्त प्रमुख उत्तमराज खनालले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी विदुर नगरपालिकामा भेटिएका छन् । विदुर नगरपालिकामा १८ जना कोरोना संक्रमित थपिँदा लिखु गाउँपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै तारकेश्वर गाउँपालिकामा ८ जना संक्रमित थपिँदा बेलकोटगढी नगरपालिकामा ७ जना संक्रमित भेटिएका हुन् । यस्तै किस्पाङ गाउँपालिकामा ५ जना कोरोना संक्रमित थपिँदा ककनी र सुर्यगढी गाउँपालिकामा समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा रहेका सक्रिय कोरोना संक्रमितमध्ये ४ सय ८८ जना होम आइसोलेसनमा, २७ जना होम आइसोलेसनमा र २६ जना अस्पतालमा उपचाररत रहेका छन् ।
हालसम्म जिल्लामा ४१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
नुवाकोटमा हालसम्म २३ हजार ३ सय जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया