नुवाकोटमा आज ५१ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ साउन १६ गते १८:५२

नुवाकोट । नुवाकोटमा आज ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७६ जनाको पिसिआर र ४० जनाको एन्टीजेन परिक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ४२ पुगेको कार्यालयका निमित्त प्रमुख उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी विदुर नगरपालिकामा भेटिएका छन् । विदुर नगरपालिकामा १८ जना कोरोना संक्रमित थपिँदा लिखु गाउँपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै तारकेश्वर गाउँपालिकामा ८ जना संक्रमित थपिँदा बेलकोटगढी नगरपालिकामा ७ जना संक्रमित भेटिएका हुन् । यस्तै किस्पाङ गाउँपालिकामा ५ जना कोरोना संक्रमित थपिँदा ककनी र सुर्यगढी गाउँपालिकामा समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

जिल्लामा रहेका सक्रिय कोरोना संक्रमितमध्ये ४ सय ८८ जना होम आइसोलेसनमा, २७ जना होम आइसोलेसनमा र २६ जना अस्पतालमा उपचाररत रहेका छन् ।

हालसम्म जिल्लामा ४१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

नुवाकोटमा हालसम्म २३ हजार ३ सय जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया