बेलकोटगढीमा एमालेको नगरकमिटीको कार्यालय उद्घाटन गरियो

नुवाकोट । नुवाकोटको बेलकोटगढीमा नेकपा एमालेको नगरकमिटीको कार्यालय उद्घाटन गरिएको छ ।
नेकपा एमालेका युवा नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले कार्यालयको शनिबार उद्घाटन गर्नुभयो ।
कार्यलयको उद्घाटन गर्दै मन्त्री पाण्डेले अब स्थानीय चुनवाको तयारीका लागि जुट्न निर्देशन दिए । उनले एमालेले गरेका सबै काम जनताको बीचमा लगेर अन्तरक्रिया गर्नुपर्नेमा जोड दिए ।
विकासका लागि एमालेको सरकारले धेरै राम्रा कामहरू गरेको उल्लेख गर्दै मन्त्री पाण्डेले ती सबै कामका बारेमा नागरिकलाई जानकारी गराउन निर्देशन दिए । उनले आगामी दिनमा एमालेको सरकार नागरिकका हक हितमा अधिकतम काम गर्दै अघि बढ्ने बताए ।
बेलकोटगढीको केन्द्रमा रहेको बाघखोरमा पार्टी कार्यालय स्थापना गरिएको नगरकमिटीक अध्यक्ष नवराज तिवारीले जानकारी दिए । उनले क्रमश वडा पार्टी कमिटीको समेत कार्यालयहरू स्थापना गरिने जानकारी दिए ।
कार्यक्रममा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया