घटनाको दोषीलाई कारवाहीको माग गर्दै सिडियोमार्फत गृह मन्त्रालयलमा ज्ञापनपत्र बुझाइयो

विदुर खबर २०७५ साउन २३ गते ९:०६

विदुर÷ म्यागङ गाउँपालिका युवा क्लबले साउन २० गते आइतबार राजधानीमा ११ वर्षिय बालक निरमान खड्कालाई अपहरण गरि हत्या हत्या गरेको आरोपमा प्रहरी काउन्टरमा मारिएका नुवाकोट म्यागङ गाउँपालिका वडा नं ६ मैबलका अजय तामाङ र उनका साथी सिन्धुपाल्चोकका गोपाल तामाङ प्रहरी मुडभेडमा मारिएको भन्ने विषयमा विश्वास गर्ने आधार नभएको भन्दै बुधबार नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापा मार्फत गृह मन्त्रालयलमा ज्ञापनपत्र बुझाएको छ ।

Advertisement

म्यागङ गाउँपालिका युवा क्लबका अध्यक्ष विजय गुरुङले भत्तपुरको सुर्यविनायक नगरपालिकामा ८ पाइलटबाबा आश्रम जाने जंगलमा अपहरणकारीले प्रहरीमाथि गोली प्रहार गर्दा प्रहरीले आत्मरक्षा गर्दा मारिएको भािएपनि विश्वास गर्ने प्रमाण केही नपाइएको भन्दै घटनाको छानविन गर्न माग गरेका छन । गुरुङले अजय र सिन्धुपाल्चोकका गोपालको पृष्ठभुमि आपराधिक नभएको, र अहिले पेन्टरको रुपमा काम गदै आएको भन्दै प्रहरीले सिधै एन्काउन्टर गरि मार्नु कानुनी शासनको अन्त्य धज्जी उडाएकोृ भन्दै घटनाको छानविन गरि दोषीलाई कारवाहीको माग गरेका छन ।

ज्ञापनपत्र बुझ्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले ज्ञापनपत्र बुझ्दै ज्ञापन गृहमन्त्रालयमा सत्यतथ्य छानविनको लागि पहल गर्ने बताउनुभयो ।

Advertisement

प्रतिक्रिया