मन्त्रालय टुंगो लाग्यो, मन्त्री छान्न अझै सकस
 
		
	नुवाकोट । सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्रालय भागवण्डामा सहमति जुटेको हो । सरकारको नेतृत्व गरेको कांग्रेसले ८, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ७–७ वटा मन्त्रालय लिने सहमति गरेका छन् । मन्त्रालय भागवण्डा गरेसँगै तीन दलका शीर्ष नेताहरु मन्त्री छनोट गर्न जुटेका छन् । मन्त्री बन्ने आकांक्षी धेरै भएपछि गठबन्धनमा आबद्ध दललाई मन्त्री छनोट गर्न निकै सकस बन्दै गएको छ ।
बिहीबार बसेको गठबन्धनको बैठकमा नेपाल समूहलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस, माओवादी र जसपाबीच समझदारी भएको छ । कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा टुंगो लागेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार मन्त्रीमण्डल विस्तार गर्ने क्रममा नै मन्त्रालयका बारेमा जानकारी दिने तीन दलबीच सहमति भएको छ ।
मन्त्री छनोट गर्न कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल थाल्नुभएको छ । प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलासँग मन्त्री छनोटको विषयमा छलफल गरिहनुभएको छ ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले पार्टीको बैठक निरन्तररूपमा चलिरहेका कारण मन्त्री छनोटको विषयमा खासै छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब तीन÷चार दिनभित्र मन्त्रीमण्डले पूर्णता दिने गरी प्रधामन्त्रीले गृहकार्य गरिरहनुभएको छ ।’
त्यसै गरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म नेपाल समूहलाई सरकारमा सहभागी गराएर मन्त्रीमण्डललाई पूर्णता दिने दौडधुप गर्नुभएको छ । बिहीबार गठबन्धनका दलहरुबीच छलफल गरेलगत्तै प्रचण्डले एमालेका वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा सकेसम्म सरकारमा सहभागी हुन आग्रह गरे पनि नेता नेपालले तत्काल नै सरकारमा सहभागी हुने वातावरण नरहेको जवाफ दिएको बताइएको छ ।
त्यसै गरी, जनता समाजवादी पार्टीले पनि पार्टीको आधिकारिता पाएसँगै मन्त्री छनोटको कामलाई अगाडि बढाएको छ । जसपाले पार्टीको संसदीय दलको नेता छनोट गर्न शनिबार चुनाव हुने भएको छ । जसपाले पाउन सात मन्त्री छनोट गर्न अध्यक्षद्वय उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र नेता अशोक राईले गृहकार्य अगाडि बढाउनुभएको छ । जसपालाई महन्थ ठाकुर समूह छोडेर आएकाहरुलाई पनि समावेश गरेर मन्त्री छनोट गर्नुपर्ने दबाब रहेको छ ।
जसपाका नेता महेन्द्र राय यादवले मन्त्रीमण्डले पूर्णता पाउनका लागि अझै केही दिन लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टीको संसदीय दलको नेता चयन गरेपछि मन्त्री छनोटको काम अगाडि बढाउँछौं ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया