नुवाकोटको द्धवारे खोलामा आएको बाढीले १२ घर जोखिममा
विदुर खबर
२०७८ साउन १४ गते १४:०५

नुवाकोट । बुधवार राती आएको बाढीले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० मा करिव ४० रोपनी खेतमा क्षति पुराएको छ ।
द्धवारे खोलामा आएको बाढीले करिव ४० रोपनी खेतमा क्षति पुराएको स्थानिय सोहन धमालाले जानकारी दिए । बाढीले अनुसार स्थानिय भरत धमलाको खेत डुबानमा पार्नुको साथै शिवको मन्दि। समेत डुवानमा परेको उनले बताए ।
वडा नम्बर १० गेर्खुटार र वडा नम्बर ११ गेर्खु चोगते जोड्ने सडकबाट आएको लेदोसहितको पहिरो र बाढीले खेत पुरेको पिडित भरत धमलाले बताए । बाढीका कारण स्थानिय ठाकुर धमलासहित अन्य १२ जनाको घर जोखिममा परेको स्थानियबासीले बताएका छन् ।
जोखिम स्थानमा बसोवास गरिरहेकाहरुलाई अन्यत्र सार्ने तयारी भइरहेको वडाध्यक्ष गणेश नेपालले जानकारी दिए । बाढीको कारण भएको क्षतिको विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया