नुवाकोट निर्माण व्यवसायी संघ निर्वाचनमा जुट्दै, नेकपा र कांग्रेस निकटबिच तिव्र प्रतिष्पर्धा हुने

विदुर खबर २०७५ साउन २३ गते ८:१७

नुवाकोट÷ नुवाकोट निर्माण व्यवसायी संघले आगामी भदौ ३१ गते आठौ जिल्ला अधिवेसन तथा साधारणसभाबाट नयाँ नेर्तत्व चयन गर्ने भएको छ ।

Advertisement

व्यवसायी संघले अधिवेसनको लागि भन्दै संघमा आवद्ध भएका निर्माण व्यवसायीहलाई आगामी भदौ २५ गतेसम्म सदस्यता नवीकरण गर्न आह्वान समेत गरेको छ । संघले भदौ २५ गतेसम्म सदस्यता नविकरण नगर्नेलाई मतदानमा सहभागि नगराउने समेत उल्लेख गरेको छ ।

यसैबिच आगामी भदौ ३१ गते हुने नुवाकोट निर्माण व्यवसायी संघको निर्वाचनलाई लिएर व्यवसायीहरुबिच तिव्र प्रतिष्पर्धा हुने देखिएको छ । नेपालमा तथा नुवाकोटमा पनि राजनिति दुई धुव्रमा देखिएको वेला नुवनकोट निर्माण व्यवसायी संघमा समेत त्यसको प्रभाव पर्नै देखिएको एक निर्माण व्यवसायीले विदुर खबरलाई बताए । उनले नाम नबताउने सर्तमा भने “संघमा नेपाल कम्युनिष्ट पाटी(नेकपा) र नेपाली कांग्रेस निकट निर्माण व्यवसायीबिच तिव्र प्रतिष्पर्धा हुने देखिएको निर्वाचनमा राजनितिक रंग देखिने निश्चित छ ।”

Advertisement

प्रतिक्रिया