नुवाकोटमा अझै घटेनन् कोरोना संक्रमित
नुवाकोट । नुवाकोटमा अझै कोरोना संक्रमितको संख्या घट्न सकेको छैन ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा ८८ जनाको पिसिआर र ६६ जनाको एन्टीजेन गरि एकसय ५४ जनाको परिक्षण गर्दा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी तारकेश्वर गाउँपालिकामा २४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै विदुर नगरपालिका १८ जना थपिएका छन् भने बेलकोटगढी नगरपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै लिखु र दुप्चेश्वर गाउँपालिकामा समान एक जनामा कोरोना संक्रमण पुष्टि हुँदा सुर्यगढी गाउँपालिकामा एक जनामा कोरोना देखिएको छ ।
यससँगै जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या ४ सय ७६ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ४ सय २५ जना होम आइसोलेसनमा, २७ जना अस्पतालमा, २४ जना आइसोलेसन सेन्टरमा उपचार गरिरहेका कार्यालयका सुचना अधिकारी खनालले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा ४७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा ६ हजार ७१ जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।
नुवाकोटमा हालसम्म ४० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म २२ हजार ९ सय २५ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार





प्रतिक्रिया