पुनर्बहालीको माग गर्दै माओवादी केन्द्र चार नेता सर्वोच्चमा

विदुर खबर २०७८ साउन १३ गते १५:५१

नुवाकोट । नेकपा माओवादी  केन्द्रले सांसदबाट हटाएका चार नेता पुनर्वहाली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।

Advertisement

नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह आफू सांसद पदमा यथावत् रहन पाउँ भन्दै रिट लिएर सर्वोच्चमा पुगेका हुन ।

सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र बनेपछि उनीहरू एमालेतिर लागेका थिए। माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो ।

Advertisement

सांसद पदबाट मुक्त भएको तीन महिनापछि उनीहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

प्रतिक्रिया