दुप्चेश्वरका पहिरोपिडितलाई भेट्न संघीय सांसद हितबहादुर तामाङ शिखरबेंसीमा
 
		
	नुवाकोट । जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुले दुप्चेश्वर गाउँपालिका ७, शिखरबेंसीका पहिरोस्थलको अवलोकन र प्रभावित स्थानीयलाई भेट्नुभएको छ ।
संघीय सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले आइतबार शिखरबेंसी पुगेर स्थलगत अवलोकन र पहिरो पीडितलाई भेट्नु भएको हो । त्यसक्रममा सांसद र उपसभामुख तामाङले नेकपा (माओवादी केन्द्र) दुप्चेश्वर गाउँपालिका संगठन समितिको समन्वयमा उपलब्ध जस्तापाता प्रभावितलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा छोटो मन्तव्य राख्दै सांसद हितबहादुर तामाङले पीडित परिवारलाई सुरक्षित स्थायी बसोबासका लागि सरकारसँग पहल गर्ने बताउनुभयो । त्यस्तै उपसभामुख राधिका तामाङले अस्थायी व्यवस्थापनका लागि प्रदेश सरकारबाट २५ हजार दिने व्यवस्था भएको जनाउँदै त्यसका लागि सहजीकरण गरिदिने बताउनुभयो । त्यस्तै जिल्ला प्रशासन कार्यालयबाट पनि थप सहयोगका लागि पहल गर्ने उहाँहरुको भनाइ थियो ।
यसैबीच संघीय सांसद र उपसभामुखको कार्यक्रम चलेकै बखत वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशव पाण्डे पनि आइतबार सोही क्षेत्र पुग्नु भएको थियो । प्रदेशसभा सदस्य बद्री मैनालीसँगै पुग्नुभएका मन्त्री पाण्डेले पनि नेकपा (एमाले) नुवाकोटले उपलब्ध गराएको जस्तापाता पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो ।
 साविकको नेकपाका नेताहरु जम्काभेट भएपछि केहीबेर घोचपेज चलेको थियो । सोही क्षेत्रबाट निर्वाचित उपसभामुख तामाङले ‘सरकारको जिम्मेवार मन्त्रीले कुनै समन्वय र जानकारीबिना रित्तो हात’ आएकोमा असन्तुष्टि जनाउनुभएको थियो । उहाँले मन्त्री पाण्डेलाई इंगित गरी भन्नु भएको थियो, ‘यहाँ आएर पीडितलाई यसो गरौंला भनेर आश्वासन दिनुभन्दा हामीले यो गर्यौं भनेर दिन गएको भए राम्रो हुने’ थियो नि ! मन्त्री पाण्डे भने चुपचापझैं देखिनुभयो ।
साविकको नेकपाका नेताहरु जम्काभेट भएपछि केहीबेर घोचपेज चलेको थियो । सोही क्षेत्रबाट निर्वाचित उपसभामुख तामाङले ‘सरकारको जिम्मेवार मन्त्रीले कुनै समन्वय र जानकारीबिना रित्तो हात’ आएकोमा असन्तुष्टि जनाउनुभएको थियो । उहाँले मन्त्री पाण्डेलाई इंगित गरी भन्नु भएको थियो, ‘यहाँ आएर पीडितलाई यसो गरौंला भनेर आश्वासन दिनुभन्दा हामीले यो गर्यौं भनेर दिन गएको भए राम्रो हुने’ थियो नि ! मन्त्री पाण्डे भने चुपचापझैं देखिनुभयो ।
बुधबार बिहान पहिरोसँगै खसेको ढुंगाले स्थानीय रामचन्द्र नेपाली, विष्णु नेपाली र शान्ता दमाईंको घरमा पूर्णरुपमा क्षति पुगेको थियो । यस क्रममा विष्णु नेपालीको १६ वर्षीय छोरी अस्मिता गम्भीर घाइते हुनुभएको थियो । उनको काठामाडौंमा उपचार भइरहेको छ । पीडित परिवारलाई यसअघि जिल्ला प्रशासन कार्यालयबाट प्रतिपरिवार २० हजार उपलब्ध गराइसकेको छ भने माओवादी केन्द्र दुप्चेश्वरले २५ हजार नगद सहयोग गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश





प्रतिक्रिया