नुवाकोट कांग्रेसको सभापतिमा मेरो दाबी रहन्छ

विदुर खबर २०७८ साउन ८ गते १७:३०

नपाली कांग्रेसका युवा नेता रमेश महत अहिले महासमिति सदस्य छन् । आगामी नेपाली काङ्ग्रेसको १४औँ महाधिवशनमा नुवाकोटको पार्टी सभापतिमा प्रमुख दावेदार देखिएका महत युवाहरुको प्रतिनिधि बन्ने अभियानमा छन् ।

Advertisement

गत ०७४ मङसिरमा सम्पन्न प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा महत नुवाकोट क्षेत्र नं. १ (ख)बाट पराजित भएका थिए । नेकपा एमाले र माओवादी केन्द्रको एलाइन्सका कारण हार व्यहारेका महत ०४९ सालदेखि तरुण दलको झण्डा बोकेर राजनीतिमा होमिएका हुन् ।
नेपाली काङ्ग्रेस ११औँ महाधिवशनमा क्षेत्रीय सचिव, १२ औ महाभिवेशनमा जिल्ला सचिव हुदै १३ औँमा सभापतिका प्रतिस्पर्धी बनेका थिए । आगामी १४ औँ महाधिवेशनमा फेरि नुवाकोट सभापतिमा उम्मेदवारी दिने तयारी गरेका महत कार्यकर्ता भेटघाटमा व्यस्त छन् । उनै महतसँग जिल्लाको राजनीतिक अवस्थाबारे गरिएको कुराकानीको यसप्रकारका छन् ।

जिल्ला अधिवशनको तयारी कस्तो छ ?

Advertisement

जिल्ला अधिवेशनको तयारी भन्या नै सबैभन्दा पहिला क्रियाशील सदस्यतालाई फाइनल गर्नप¥यो, त्यसपछि ु वडा अधिवेशन पालिका÷नगरको हुनुप¥यो त्यसपछि प्रदेश क्षेत्र हँुदै जिल्लाको अधिवेशन हुन्छ । सदस्यता विवादले निर्धारित तालिकालाई असर प¥याइरहेको छ । तैपनि अब महाधिवेशन हने भनेपछि सबै किसिमको तयारी बिस्तारैु भइराखेको छ ।

क्रियाशील सदस्यताको विवाद कहिल टुङ्गिएला ?

Advertisement

अब छानबिन समितिको केन्द्रीय पदाधिकारी पूर्वपदाधिकारी बैठकमा पेस भएको पतिवेदन अनुसार ७५ जिल्लाको फाइनल भयो भन्ने उहाँहरूले पतिवेदनमा लेख्नभएको छ दुईवटा जिल्लाको बाँकी होला । केही उजरी पनि आएकाले हेरिरहेको बुझिन्छ । अब केही दिनमै दुई जिल्लाको क्रियाशील सदस्यताको विवाद टङ्गिएर जिल्ला–जिल्ला, क्षेत्र–क्षेत्र, पालिका, वडाको टङ्गो केही दिनभित्र लाग्छ ।

विवाद नयाँ सदस्यतामा हो कि रिन्य अथवा अन्य पाटीबाट आएकाको बारमा हो ?

यो विभिन्न जिल्लामा फरक पकृतिको विवाद छ, कतिपयचाहिँ अन्य पार्टीबाट आएको सदस्य सङ्ख्या धेरै भयो, अधिक रूपमा चाहिँ सदस्यता थप्ने काम भयो त्यसले महाधिवेशन नै पभावित पार्छ भन्ने खालको विवाद पनि एक हिसाबले उठिरहेको छ ।अर्कोचाहिँ वडा सभा पनि गाउँ नगर सभापतिले महाधिवेशन प्रभावित हुने खालको नयाँ सदस्य भर्नुभयो, पारदर्शी भएन भन्ने खालको उजरी पनि छ । कतिपय पाउन पर्ने मान्छेले ु सदस्यता पाइनँ भन्ने खालको उजरी छ । कतिपय जिल्लाको १३औँ महाधिवेशनदेखि नै विवादित क्रियाशील सदस्यता छ, त्यसको पनि कतिपय विवाद छन् जसको छानबिन गर्ने प्रयास केन्द्रीय्र छानबिन समितिले गरिरहेको छ ।

तपाई १२ औ जिल्ला अधिवेशनको सचिव, १३ औँको जिल्ला अधिवेशन सभापतिका प्रत्याशी, यसपटकको तयारी के छ ?

म स्वाभाविक रूपले यो अधिवेशनको जिल्ला सभापतिको उम्मेदवार हँ । उम्मेदवारी दाबी गर्नु मेरा लागि स्वाभाविक हो । आफू पतिस्पर्धामा जानु र उम्मेदवारी घोषणा गर्नु स्वाभाविक हो । तैपनि कतिपय विषयमा अग्रज नेतासँग परामर्श गर्नपर्छ । म त्यही क्रममा छु । सभापतिको उम्मेदवार दिनका लागि स्थानीय साथीसँग पनि परामर्शको क्रममा छु र आफ्नो उम्मेदवारी कसरी प्रस्तुत गर्ने, आफ्नो मात्र कुरा होइन क्रियाशील सदस्यतादेखि वडाको नेतृत्वदेखि गाउँ, नगर, क्षेत्र हँदै आउन पर्छ । भावी नेतृत्व कस्तो खालको ल्याउने भन्ने बारेमा पनि छलफल गरिरहेको छु ।आफ्नो मात्र उम्मेदवारीमा केन्दित रहनेभन्दा पनि समग्र जिल्ला अधिवेशनलाई कसरी लिएर जाने, जिल्लाको भूमिका केन्दमा कस्तो हने यो खालको तयारी र परामर्शमा अहिले व्यस्त छ ।

लामो भूमिका बाँध्नुभयो, तपाईं आगामी १४ औँ जिल्ला अधिवेशनमा सभापति पदमा उठन्हुन्न ?

सभापति उठ्ने कुरा मेरो मात्रै इच्छाले हुँदैन । सभापति उठ्ने, तर आफैँले घोषणा गर्नुभन्दा पनि स्थानीय साथीको परामर्श र नेताहरूसँगको सल्लाहमा तय गर्ने मेरो धारणा छ । अब आफैँले घोषणा गर्नभन्दा पनि साथीहरूको परामर्शको आधारमा सभापतिको उम्मेदवारी दिनेछ । स्वाभाविक रूपले पनि म यसपटकको सभापतिमा उम्मेदवार हँ । किनभने म १२ औँ महाधिवेशनको जिल्ला सचिव भएर पाँच वर्ष काम गरेँ, त्यसपछि १३ औँ अधिवेशनमा सभापतिमा उम्मेदवार बनेको थिएँ, तर १४ मतले पराजित भएँ । त्यसकारण यो अधिवेशनमा मेरो उम्मेदवारी त स्वाभाविक हो । तैपनि आफैँले गर्नभन्दा ु पनि सबैको परामर्श, सल्लाह, सझाब र आधारमा उम्मेदवार हुन्छु । म त्यसैको तयारीमा व्यस्त छ ।

काङ्ग्रेसको त धेरै खेमा छन् तपाइ कुंन खेमाबाट जिल्ला सभापतिको उम्मदवार बन्दै हुनुहुन्छ ?

तपाईंले यो अत्यन्त महत्वपूर्ण प्रश्न गर्नुभयो । किनभने नेपालको राजनीति गुटबाट धेरै प्रभावित हुँदा सक्षम, योग्य, अनभवी, पुराना पाखा लागेका छन् । यो पवृत्ति काङ्ग्रेसमा मात्र होइन, नेपालका सबै दलमा रहिरहेको छ । त्यसकारण सकभर यो अधिवेशन हामी यवाको राष्ट्रिय ु रूपमा पनि सहभागी अधिवेशन होस् जसले गर्दा पार्टी विभाजनतिर जाने, एकले अर्कोलाई पतिस्पर्धीको रूपमा मात्र नभई पतिपक्षजस्तो पार्टीभित्र व्यवहार हुने जुन प्रक्रिया निरन्तर पहिलादेखि चलिरहेको छ ।

त्यसलाई अन्त्य गर्न यसपालि एकताको अधिवेशन गर्न सकिन्छ कि भन्ने खालको पयासमा हामी लागिरहेका छौँ । गुटको भन्दा पनि अब पार्टीको अधिवेशन गर्ने र सबैलाई समेटेर अघि जाने खालको अधिवेशन सम्पन्न गनपर्छ भन्ने मेरो धारणा हो । तपाईंले अघि सोध्नभएको प्रश्न यो खेमाको, यो नेताको मात्र उम्मेदवार भन्नुभन्दा समग्र जिल्लाको नेतृत्व गर्ने पार्टीको हिसाबले अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने मेरो प्रमुख धारणा हो ।

त्यसो भए तपाई महत र केसी पक्षको उम्मेद्दवार होइन ?

म जस्तै उम्मेदवारका आकाङ्क्षीबीच जिल्लामा छलफल होला । केन्द्रीय नेतृत्वको बाहल्य भएको जिल्ला भएकाले उहाँहरूको पनि कोही उम्मेदवार होलान् । सबैसँग छलफल होला । त्यसपछि सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास हुन्छ, नसके प्रतिस्पर्धामा उम्मेदवार बन्लान् ।
नेताहरूले आफूअनकूल समर्थन र सहयोग गर्लान् । तर, पहिलो प्रयास समग्र काङ्गेसको जिल्लाबाट नेतृत्व गर्ने सबै नेताको सहमतिको आधारमा एउटा अधिवेशन हुन्छ भन्ने छ, नुवाकोटमा फरक किसिमको आकार हिजोको दिनमा रहेकाले पनि सबै साथीसँग छलफल गर्नुप¥यो । त्यसकारण प्रस्ट यस्तो मात्र यो–यो नेताको भन्नुभन्दा पनि समग्र नवाकोटको काङ्ग्रेसको नेतृत्व गर्ने मेरो चाहना हो । आगामी स्थानीय, प्रदेश, सङ्घीय निर्वाचनमा काङ्गेसलाई विजय गराउने गरी हामी जट्नु पर्छ । यही स्वार्थमा अधिवेशन गराउन पर्छ ।

केसी पक्षले वर्तमान जिल्ला कार्यसमितिका सचिव सुरेन्द्र अधिकारीलाई सभापतिमा अघि सारेका छन् रे नि ?

त्यस्तो होइन होला, मैले पनि अनलाइन अखबारमा अलिअलि आएको देखेको हो, तर उहाँहरू आफैँले घोषणा गर्नुभएको छैन । मैले पनि तपाईंहरूले सोध्दाखेर मै हो भनिराखेको छैन । यसले नै भोलि अधिवेशन गर्न सघाउँछ, अरूले अनमानको भरमा यो मान्छे उठ्न सक्छ भनेर अनमान गर्नु बेग्लै कुरा हो । तर, अहिलेसम्म ु नुवाकोट जिल्लामा म नै सभापति हो मेरो उम्मेदवारी भइसक्यो भनेर अहिले कनै पनि नेताले भनेको अवस्था छैन । हामो प्रयास एकताको अधिवेशन गर्ने सबैलाई समेटेर लाने एकीकृत काङ्गेस बनाउने अधिवेशन हुनुपर्छ भन्ने मान्यता रहेको छ ।

तपाइ प्रकाशशरण, रामशरण र बहादुरसिंङको खेमाबाट उम्मेद्दवार बन्ने चर्चा छ नी ?

चर्चाको बारेमा अघि भर्खर एउटा प्रश्न गर्नुभयो, अहिले अर्को गर्नुभयो । त्यसकारण मैले यो सबै सम्भावनालाई एकैठाउँमा राखेँ, किनभने हिजो एउटा खेमाको समीकरण थियो, अहिले त्यस्तो छैन । नवाकोटमा केन्द ु को समीकरण पनि ्र बदलिएको छ । त्यसकारण सबै सम्भावनालाई एकै ठाउँमा राख्ने प्रयास गर्नपर्छ । त्यकारण म यही खेमाको, यही नेताको मात्रै उम्मेदवार हो भन्नभन्दा पनि समग्र काङ्ग्रेसलाई एकै ठाउँमा ल्याएर काङ्ग्रेसको अधिवेशन गराउनुपर्छ भन्ने लाइनमा म छु । बाहिर चर्चा कसले के गर्छ त्यो मेरा लागि सरोकारको विषय होइन ।

गत वर्षका निर्वाचनमा पाटी भित्रका अन्तर्घातले काङ्ग्रेसको उम्मेदवारले हारको हो भनिन्छ नि, यथार्थ के हो ?

निर्वाचनमा हार्ने भनेको भोट नपुगेर हो । कसले अन्तर्घात ग¥यो त्यसको पमाण हुदैन, तर के भने नेपाली काङ्गेसचाहिँ जसरी एक भएर निर्वाचनमा जानपथ्र्यो त्यो हुन सकेन र मतदाताको सपोर्ट हामीलाई हँदा पनि आन्तरिक विवादले नवाकोटको सबै क्षेत्रमा हा¥यौँ ।
केही हदसम्म तपाईंले भनेको सत्य हो, तर यसको मतलब अन्तर्घातकै कारण हा¥यो भन्नुभन्दा पनि यसमा धेरै कारण छन् ।

एमाले र माओवादी केन्द्र एक भएका थिए । त्यसको पनि प्रभाव प¥यो र हामीले पार्टीलाई जसरी सक्रिय ढङ्गबाट निर्वाचनमा लानुपथ्र्यो, नसक्दा पराजय व्यहोर्नुप¥यो ।

 

त्रिशुली प्रवाह साप्ताकिबाट साभार ।

 

प्रतिक्रिया