यातायात कार्यालयमा अब भ्रष्टाचारको गन्ध आउने छैन : मुख्यमन्त्री पौडेल
नुवाकोट । बागमति प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले यातायात कार्यालयमा भएको भीड,सेवाग्राहीको दुख बुझेर नै अनलाइन प्रणाली सुरुवात गरिएको बताएका छन ।
शुक्रबार उक्त टिएमआईएस प्रणालीको उद्घाटन गर्दै मुख्य मन्त्री पौडेलले अन्यन्त धेरै कष्टकर सेवा उपलब्ध भइरहेको अवस्थालाई मध्यनजर राख्दै उक्त, प्रणाली लागू गर्न बागमती प्रदेश सरकार सफल भएको जानकारी दिएका हुन ।
‘अब प्रदेश भित्रका यातायात कार्यालयहरु भीडभाड मुक्त हुने छन भने सेवाग्राहीले सरल तरिकाबाट सेवा पाउने छन’ उनले भने ‘अनलाइन यातायात प्रणाली वागमती प्रदेश भित्रकै उत्कृष्ट सेवा हुने छ’ ।
उनका अनुसार बागमति प्रदेश भित्र यो अनलाइन प्रणाली लागू गर्न लामो समयदेखि प्रयास भइरहेकाे थियो । नयाँ प्रविधि कार्यान्वयन गर्दा विभिन्न चुनौति भएपनि सेवालाई डिजिटलाइज्ड गर्ने प्रक्रियामा र बागमति प्रदेशलाई डिजिटल प्रदेशको रुपमा स्थापित गर्ने उनको भनाई छ
उनले थपे‘ यो अनलाइन प्रणालीले भ्रष्टाचारको गन्ध आउने छैनन, राजस्वको विवरण प्रविधि मार्फत नै हेर्न सकिने छ । एकैपटक पूर्ण रूपमा सम्भावना नभएपनि सक्ने जति कार्यान्वयन गर्ने र केही महिना भित्रै पूर्णरुपमा अपग्रेड गर्दै उत्कृष्ट सेवा दिइने छ’ ।लाइन बस्नुपर्ने बाध्यता हटेको छ भने कयौं सवारीसाधनको ब्लुबुक रिन्यु नगरेको रेकर्ड अब तोडिने छन ।
टिएमआइएसले यातायात कार्यालयमा भोग्नुपरेको सेवाग्राहीका दु:खलाई प्रतिस्थापन गर्ने छ भने ट्राफिक प्रहरीलाईपनि चेकजाच गर्न सहजीकरण हुने मुख्य मन्त्री पौडेलको दाबी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त





प्रतिक्रिया