दुप्चेश्वरका पहिरो पीडितलाई माओवादी केन्द्रको सहयोग
विदुर खबर
२०७८ साउन ८ गते ११:१८

नुवाकोट । दुप्चेश्वर गाउँपालिका नम्बर ७ का पहिरा पिडितलाई माओवादी केन्द्र दुप्चेश्वरल आर्थिक सहयोग गरेको छ ।
बुधबार बिहान ९ः४५ बजे गएको पहिरोमा परी गाउँपालिकाको वडा नम्बर ७ को स्थानीय रामचन्द्र नेपाली, विष्णु नेपाली र शान्ता दमाईको घर पुरिएको थियो ।
पहिरो पीडित तीनैजनालाई माओवादी केन्द्र दुप्चेश्वरले जनही १० हजार आर्थिक सहयोग गरेको माओवादी केन्द्र दुप्चेश्वरले जनाएको छ ।
माओवादी केन्द्र दुप्चेश्वरका कार्यबाहक सचिव शंकरबहादुर थापाका अनुसार पहिरोको जोखिममा परेकालाई भने रुपैयाँ ५ हजार प्रदान गरिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया