ओली समूहको बैठकमा कुटाकुट, भाँचिए सयौं कुर्सी
नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकमा कुटाकुट भएको छ । बिहीबार मोरङको उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको नगरस्तरीय विस्तारित बैठकमा एमाले कार्यकर्ताबीच आक्रमण र तोडफोड भएको हो ।
ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नविकरण गर्ने भन्दै विस्तारित बैठक आयोजना गरेको थियो । एमाले मोरङ संयोजक ऋषिकेष पोखरेल बैठकमा जाने कार्यक्रम थियो । उक्त भेला सुरु हुनुभन्दा अगाडि नै कार्यकर्ताहरुबीच आपसमा झडप हुँदा बैठक विथोलिएको हो ।
सो समूहका उर्लाबारी नगर संयोजक उमाकान्त गौतमका अनुसार विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको बताइन्छ । ओली समूहले भने माधव समूहका कार्यकर्ताले तोडफोड गरेको हुनसक्ने आशङ्का गरेका छन् । तर, माधव समूहका नगर संयोजक गंगा बास्तोलाले आफूलाई बैठकमा भएको तोडफोडको विषयमा जानकारी नभएको बताए ।
आफ्नो समूहका कोही पनि सदस्यलाई उक्त बैठकमा नजान यसअघि नै निर्देशन गरेको बताउँदै उनले आफूहरुको बद्नाम गर्नका लागि ओली समूहले सुनियोजित रुपमा हल्ला चलाएको हुनसक्ने बताएका छन् । ओली समूहको कमिटिमा कसलाई राख्ने वा नराख्ने भन्ने विषयमा विवाद हुँदा आपसमा झडप भएको स्रोतको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया