नुवाकोटमा आज ६० जना कोरोनामुत्त

विदुर खबर २०७८ साउन ६ गते १३:२४

नुवाकोट । नुवाकोटमा आज ६० जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६० जना कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ हजार ७ सय ६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५१ जनाको पिसिआर र १८ जनाको एन्टीजेन परिक्षण गर्दा २१ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय १० पुगेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संखया ५ सय ९ पुगेको छ ।

सक्रिय कोरोना संक्रमितमध्ये ४ सय ५९ जना होम आइसोलेसनमा, ३६ जना अस्पतालमा र १४ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले बताए ।

Advertisement

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये विदुर नगरपालिकाका ९ जना रहेका छन् । यस्तै ककनी गाउँपालिकामा ५ जना संक्रमित थपिएका छन् । त्यस्तै म्यागड गाउँपालिकाका ३ जना र किस्पाड गाउँपालिकामा २ जना थपिएका छन् ।

नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा हालसम्म २२ हजार एकसय ८७ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया