नुवाकोटमा थप ५१ जना संक्रमित भेटिए

विदुर खबर २०७८ साउन ५ गते २१:४७

नुवाकोट । नुवाकोटमा थप ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ८३ जनाको पिसिआर र ४१ जनाको एन्टीजेन परिक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ८९ पुगेको छ । आज थपिएका संक्रमितमध्ये विदुर नगरपालिकाका १८ जना, तारकेश्वर गाउाँपालिकाका ११ जना र बेलकोटगढी नगरपालिकाका ८ जना रहेका छन् ।

Advertisement

यस्तै ककनी र किस्पाङ गाउँपालिकामा सामान ४÷४ जना संक्रमित थपिँदा तादी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै लिखु गाउँपालिका, शिवपुरी गाउँपालिका, म्यागङ गाउँपालिका र लिखु गाउँपालिकामा समान एक÷एक जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । सत्रmिय कोरोना संक्रमितमध्ये ४ सय ९३ जना होम आइसोलेसनमा, ४३ जना अस्पतालमा र १२ जना आइसोलेसन सेन्टरमा उपचार गरिरहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले बताए । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ हजार ७ सय ४ पुगेको छ ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

हालसम्म जिल्लामा करिव २२ हजार २ सय जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

 

प्रतिक्रिया