पछिल्लो २४ घण्टामा नुवाकोटमा ६० जना कोरोनामुत्त

विदुर खबर २०७८ साउन ५ गते ७:११

नुवाकोट । नुवाकोटमा आज ६० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६० जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ हजार ६ सय ७० पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६१ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये विदुर नगरपालिकाका २४ जना रहेका छन् । यस्तै बेलकोटगढी नगरपालिका र पन्चकन्या गाउँपालिकाका सामान ९÷९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

त्यस्तै तारकेश्वर गाउँपालिकामा ७ जना संक्रमित थपिँदा ककनी र शिवपुरी गाउँपालिकामा ३ जना संक्रमित भेटिएका हुन् । त्यस्तै सुर्यगढी गाउँपालिकामा २ जना संक्रमित थपिँदा लिखु गाउँपालिका, किस्पाङ गाउँपालिका र म्यागङ गाउँपालिकामा एक÷एक जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ३८ पुगेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३१ पुगेको छ ।

Advertisement

नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

नुवाकोटमा २१ हजार ४ सउ ९४ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले बताए ।

प्रतिक्रिया