नुवाकोटका सांसद नारायणप्रसाद खतिवडाले देउवालाई विश्वासको मत नदिने
नुवाकोट । नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सांसद निर्वाचित भएका नेकपा एमालेका सांसद नारायण प्रसाद खतिवडाले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएसँगै नारायणप्रसाद खतिवडाले प्रधानमन्त्रि देउवालाई विश्वासको मत नदिने भएका हुन् ।
पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने भएका छन् । बानेश्वरमै भएको छलफलले सबैले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले जानकारी दिए ।
कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले विश्वासको मत नदिने भएका छन् । कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढा, लगायत अन्य केहीले पनि विश्वासको मत नदिने भएका छन् ।
विश्वासको मत नदिने सांसदहरु तटस्थ बस्ने भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया