जसपा ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने
विदुर खबर
२०७८ साउन ३ गते १९:३१
नुवाकोट । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
ठाकुर समूहका एक नेताले प्रधानमन्त्री देउवाले आइतबार पत्रमार्फत् मागेको विश्वासको मतका विषयमा पार्टीमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको बताए ।
पत्र पठाएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच भेटवार्ता पनि भएको उनले बताए । उनका अनुसार प्रधानमन्त्री देउवाले मधेशको माग पुरा गर्ने आश्वासन दिएकाले ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।
यता, जसपाकै उपेन्द्र यादव पक्षले प्रधानमन्त्री देउवालाई मत दिने निर्णय गरिसकेको छ । हाल जसपाका ३२ जना सांसदमध्ये यादव समूहमा १८ जना रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया