नुवाकोटमा आज ७९ जना कोरोना संक्रमित थपिए

नुवाकोट । नुवाकोटमा आज थप ७९ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा २ सय २० जनाको पिसिआर परिक्षण गर्दा ७९ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ७८ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३७ पुगेको छ । संक्रिय संक्रमितमध्ये ४ सय ३७ जना होम आइसोलेसनमा, ३० जना अस्पतालमा र १८ जना आइसोलेसन सेन्टरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा बेलकोटगढी नगरपालिकामा सबैभन्दा बढी २२ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै विदुर नगरपालिकामा २० जना, ककनी गाउँपालिकामा १६ जना र तादी गाउँपालिकामा १३ जना संक्रमित भेटिएको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
त्यस्तै म्यागङ गाउँपालिकाका ३ जना थपिदा लिखु गाउँपालिकामा २ जना संक्रमित थपिएका छन् । यस्तै शिवपुरी, किस्पाङ र तारकेश्वर गाउँपालिकामा सामान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नुवाकोटमा कोरोना संक्रमणबाट अहिलेसम्म ३७ जनाको मृत्यु भएको कार्यालयको भनाई रहेको छ ।
नुवाकोटमा हालसम्म २१ हजार ३ सय ७७ जनाको पिसिआर परिक्षण गरिएको छ ।
प्रतिक्रिया