विदुर नगरपालिकामा ३३ जना कोरोना संक्रमित भेटिए

विदुर खबर २०७८ असार २८ गते १६:३१

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा आज ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकामा
२० पुरुष र १३ महिलासहित ३३ जनामा कोरोना संक्रमित भेटिएका हुन् । यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार २ सय २० पुगेको छ ।

संक्रमितमध्ये १३ सय ८७ पुरुष र ८ सय ३३ महिला रहेका छन् । संक्रमितमध्ये २ सय एक जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

विदुर नगरपालिकामा हालसम्म ३ हजार एकसय २५ जनाको पिसिआर परिक्षण गरिएको छ । पछिल्लो एक सातायता विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या बढीरहेको छ ।

यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ८४ पुगेको छ । यस्तै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

Advertisement

हालसम्म जिल्लामा २१ हजार एकसय ५७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाकारी दिएको छ ।

थप ४१ जनामा कोरोना पुष्टि

यसैबिच नुवाकोटमा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ८८ जनाको पिसिआर र एन्टिजेन परिक्षण गर्दा ४१ जनामा कोरोना संक्रमिण पुष्टि भएको हो ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ९९ पुगेको छ । आज भेटिएका संक्रमितमध्ये ३३ जना विदुर नगरपालिकाका रहेका छन् । यस्तै लिखु गाउँपालिकामा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै किस्पाङ गाउँपालिकाका र सुर्यगढी गाउँपालिकाका समान ३÷३ जना, बेलकोटगढी नगरपालिका, पन्चकन्या र तारकेश्वर गाउँपालिकाका थप २÷२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै म्यागङ र शिवपुरी गाउँपालिकाका सामान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ८४ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ४ सय ३५ जना होम आइसोलेसनमा, ३० जना अस्पतालमा र १९ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।

 

प्रतिक्रिया