माओवादी केन्द्रले पायो आयोगबाट वैधानिकता
नुवाकोट । माओवादी केन्द्र अवैध रहेको दाबीलाई खारेज गर्दै निर्वाचन आयोगले नेकपा (माओवादी) केन्द्रको वैधानिकता कायम रहने निर्णय गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयुक्तहरूको बैठकले सो निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा आयुक्तहरू सगुन समशेर जबरा, जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्याल सहभागी हुनुहुन्थ्यो ।
माओवादी केन्द्र अवैध रहेको दाबी गर्दै अधिवक्ता सरोज बुढाथोकीले असार २३ गते आयोगमा उजुरी दिनुभएको थियो । रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी र प्रभु साह लगायतका नेताहरूको तर्फबाट अधिवक्ता बुढाथोकीले सो निवदेन दिनुभएको थियो । बुढाथोकीले दिएको निवदेनमा लामो अवधिसम्म महाधिवेशन नै नगरेको भन्दै माओवादी केन्द्रको वैधानिकता नरहेको दाबी गरिएको छ ।
नेपालको संविधान, निर्वाचनसम्बन्धी ऐन, नियमावली र कानुनका शर्तअनुसार आयोगमा दर्ता भई निरन्तररूपमा सञ्चालनमा रहेको तथ्यलाई मध्यनजर गर्दै आयोगले सो दाबी खारेज गरिदिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
आयोगले पाँचवटा आधारलाई समाएर सो दाबी खारेज गरेको बताएको छ । आयोगले अघि सारेको पहिलो तथ्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन ३२ को निर्णयअनुसार आयोगमा दर्ता भएको, दोस्रो, सोही नाममा माओवादी केन्द्रले २०७४ सालको चुनावमा भाग लिएको उल्लेख गरिएको छ ।
त्यस्तै, आयोगले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा २०७५ जेठ २३ गते निर्वाचन आयोगमा दर्ता भएको, नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग दलका रूपमा रहने भनी २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट निर्णय भएको र नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै दलका रूपमा रहने भनी २०७७ फागुन २५ मा आयोगले निर्णय गरेको आधारमा साविकै माओवादी केन्द्रका वैधानिकता कायम रहने निर्णय गरेको होे । आयोगको सो निर्णय सोही मितिमा राजपत्रमा सूचनासमेत प्रकाशित भएको थियो ।
यिनै पाँचवटा कारण देखाउँदै आयोगले अधिवक्ता बुढाथोकीको निवेदनउपर कुनै निर्णय गरिरहनु नपर्ने फैसला सुनाएको हो । त्यसैगरी, अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरेर आयोगमा दिएको अर्को निवदेन पनि आयोगले खारेज गरिदिएको छ । साथै, त्यसरी अन्य दलको लेटरप्याडको दुरूपयोग नगर्न आयोगले पराजुलीलाई सचेत गराउने निर्णयसमेत गरेको छ ।
अबदेखि कसैले पनि अनधिकृतरूपमा अन्य दलका बारेमा उजुर गर्ने कार्यलाई आयोगले निरूत्साहित गराउन खोजेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया