नुवाकोटमा आज ४८ जना कोरोनामुत्त

नुवाकोट । नुवाकोटमा आज ४८ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालयका नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनामुत्त भएर घर फर्किएका हुन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्किनेको संख्या ५ हजार ३ सय ४० पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै आज जिल्लामा थप ८ जनामा कोरोना संक्रमण देखिएको हो । आज भेटिएका संक्रमितहरुमध्ये तारकेश्वर गाउँपालिकामा ४ जना थपिएका छन् । त्यस्तै विदुर नगरपालिका, ककनी गाउँपालिका, सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकामा सामान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ७१ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ४ सय २४ जना होम आइसोलेसनमा, २८ जना अस्पताल र १९ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
नुवाकोटमा हालसम्म ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै जिल्लामा २१ हजार ६९ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयको भनाइ रहेको छ ।
प्रतिक्रिया